सुन तस्करीमा महरा सहित २९ जना विरुद्ध मुद्दा दर्ता
काठमाडौं । भेपमार्फत सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा सहित २९ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग ले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना भएको आरोप लगाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख लगायत विभिन्न कर्मचारीलाई प्रतिवादी बनाएको हो।
अख्तियारका अनुसार भेपजस्तो देखिने वस्तुभित्र सुन लुकाएर ल्याइएको जानकारी हुँदाहुँदै पनि एक्सरे जाँचपछि आवश्यक भौतिक परीक्षण नगरी सामान जफत गरी सुरक्षित राख्ने बहानामा अनियमितता गरिएको थियो।
![]() |
![]() |
![]() |
|---|
जफत गरिएको सामग्रीलाई गोदाममा नराखी प्रमुख भन्सार अधिकृतको कार्यकक्षमै राखिएको र प्रतिवादीसँग अस्वाभाविक सम्पर्क तथा मिलेमतो भएको आरोप पनि लगाइएको छ।
मुद्धा दर्ता हुनेहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरूण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोख्रेल रहेका छन् ।
यस प्रकरणमा महराका छोरा राहुलसहित विभिन्न नेपाली, चिनियाँ, बेल्जियन र भारतीय नागरिकहरू पनि संलग्न रहेको दाबी गरिएको छ। २०७९ पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा भेपमार्फत ल्याइएको ९ किलो सुन हराएपछि घटना सार्वजनिक भएको थियो।
Image Source: © https://mulpatra.com
यसअघि पनि महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भई उनी पुर्पक्षका लागि थुनामा बसेका थिए भने पछि उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



