Close

Recent Posts

निजी क्षेत्र राष्ट्र निर्माणको अभिन्न साझेदारः राष्ट्रपति पौडेल

निजी क्षेत्र राष्ट्र निर्माणको अभिन्न साझेदारः राष्ट्रपति पौडेल
  • २७ चैत्र २०८२, शुक्रबार १३:२१

काठमाडौं । रामचन्द्र पौडेलले निजी क्षेत्रलाई राष्ट्र निर्माणको अभिन्न साझेदारका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई केवल कर तिर्ने निकाय मात्र नभई मुलुकको आर्थिक विकासलाई अघि बढाउने मुख्य शक्ति भएको बताएका हुन्।

mulpatra

राष्ट्रपति पौडेलले नेपालको निजी क्षेत्रले विभिन्न चरणमा भोगेका चुनौती, योगदान र उपलब्धिलाई स्मरण गर्दै आर्थिक विकासमा चेम्बरले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। निजी क्षेत्र सबल भए मात्र समग्र अर्थतन्त्र मजबुत बन्ने उनको धारणा थियो।

राष्ट्रपति पौडेलले कोभिड–१९ महामारी, आपूर्ति शृङ्खलामा आएको अवरोध तथा उत्पादनमा आएको गिरावटले अर्थतन्त्रमा चुनौती थपिएको उल्लेख गर्दै यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने बताए।

mulpatra mulpatra mulpatra

उनले विगतका कठिन परिस्थितिमा निजी क्षेत्रले देखाएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नीति स्पष्टता र स्थिरताको आवश्यकता औँल्याए।

युवाशक्तिलाई राष्ट्रको भविष्यको आधारका रूपमा उल्लेख गर्दै उनले ‘ब्रेन ड्रेन’ रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

उद्यमशीलता, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com