म्यानपावरमाझ निकामेको आरोप र बदमासीको कर्तुत लुकाउन संघका सल्लाहकारमाथि रिस पोख्दै गुरुङम्यानपावरमा छापा मार्ने र प्रहरी लगाएर पक्राउने धम्की
काठमाडौं – नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन गुरुङको अहिले म्यानपावर व्यवसायीमै ठुलो विरोध भइरहेको छ ।

उनले व्यवसायीका हकहितमा काम नगरेको, व्यवसायीलाई उल्टो सरकार, मन्त्री र महानिर्देशक लगाएर म्यानपावर छापा मार्न लगाउने धम्की दिने गरेको विषयमा उनको आलोचना भएको हो ।
संघकै अध्यक्ष गुरुङले नै मलेसियाबाट १२ हजार रिंग्रेटसम्म भिसा किनेर ल्याइ कामदार पठाउने, म्यानपावर व्यवसायीलाई आफुविरुद्ध लागेको भन्दै छापा हान्न लगाउने र केही वाहानामा म्यानपावर व्यवसायीसँग पैसा समेत असुल्ने गरेको व्यवसायीकै आरोप छ ।
![]() |
![]() |
![]() |
|---|
हाल अधिकांश म्यानपावर व्यवसायीले गुरुङले वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपारका हकका काम गर्न नसकेको भन्दै उनलाई निकामे भनिरहेका छन् । उनी संघको नेतृत्वमा आएपछि यूएईको प्रहरी रिपोर्ट, जापान रोजगारी र मलेसियाकै स्वास्थ्य सिण्डिकेटमा दौडिएका थिए ।
यो पनि
अध्यक्ष गुरुङले व्यवसायीभन्दा पनि आफनो स्वार्थका लागि बढी काम गरेको आरोप छ । यसको जवाफ दिनुको साट्टो उनले अहिले वैदेशिक रोजगार व्यवसाय संघमा उनैले नियुक्ति गरेको सल्लाहकारलाई कारवाही गरेको चर्चा व्यवसायी बीचमा छ ।
Image Source: © https://mulpatra.com
उनले आफु अथवा संघको नेतृत्वमाथि लागेको आरोप, अध्यक्षको बदमास र आफनो कर्तुत लुकाउन संघकै सल्लाहकारलाई कारवाही गरेको बाहिर हल्ला फैलाइरहेका छन् । गुरुङले संघभित्रै केही व्यवसायको सहयोग नवराज केसी र धनलाल जैसीलाई कारवाही गरेको हल्ला बाहिर गुरुङनिटक व्यवसायीले फैलाइरहेका छन् । तर यस विषयमा गुरुङ र संघका पदाधिकारीले बाहिर भने ल्याएको छैन । यसमा सोध्न पटक–पटक फोन गर्दा उनको फोन उठेनन् ।
पुनः श्रम स्वीकृति खोल्दा सरकारले नयाँ श्रम स्वीकृति खोल्न चासो दिएको छैन । तर गुरुङले श्रम सचिवको नाम दिदै नयाँ श्रम स्वीकृति खोल्ने भ्रम फैलाइरहेका छन् ।
यो पनि
केसी वैदेशिक रोजगारीमा धेरै कामदार पठाउने म्यानपावर व्यवसायी हुन् । गुरुङलाई अध्यक्ष बनाउन उनै केसीले ठुलो सहयोग रहेको र हाल केसीले गुरुङलाई नराम्रो काम नगर्न सल्लाह र प्रश्न गर्न थालेपछि गुरुङ नवराजसँग बिच्किएको एक म्यानपावर व्यवसायीले आरोप लगाए ।
गुरुङसँग ९० प्रतिशत म्यानपावर व्यवसायी असन्तुष्ट छन् । यसको मुख्य कारण भनेको गुरुङले व्यक्तिगत भिसामा कामदार पठाएर ठगि, मलेसियाबाट भिसा किनेर ल्याइ कामदार पठाउँदा ठगि गर्ने र सिण्डिकेटधारीसँग मिलेर वैदेशिक रोजगारीमा विकृति भित्र्याउन साँठगाँठ गरेपछि केसीलगायत केही संघका सल्लाहकार र पदाधिकारीले उनीमाथि प्रश्न समेत उठाएका थिए ।
सिण्डिकेटको विरोध गर्न म्यानपावर व्यवसायीलाई समेत गुरुङले आफु श्रम मन्त्री र महानिर्देशकनिकट भएको भन्दै छापा हान्न लगाउने धम्की दिने गरेको व्यवसायीकै गुनासो छ ।
अहिले गुरुङलाई काम गर्न नसकेको भन्दै व्यवसायीले चर्को विरोध गरिरहेका छन् । उनी व्यवसायीका लागि भन्दा पनि सिण्डिकेटधारीका लागि काम गदै आएका छन् ।
व्यवसायीमाझनै उनको ठुलै विरोध भइरहेको छ । गुरुङले खाडीका देशमा नयाँ श्रम स्वीकृति खुलाउन आफुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव दिपक काफ्लेसँग सम्वाद गरी यही साता खाडी देश जाने कामदारको नयाँ श्रम स्वीकृति खुल्ने सचिवले आश्वसान दिएको भन्दै भ्रम म्यानपावर व्यवसायीबीच फैलाउँदै छन् ।
उनले भनेजस्तो हिजोबाट श्रम स्वीकृति भने खुलेनन् । हाल गुरुङको अधिकांश व्यवसायीले विरोध र उनी वैदेशिक रोजगार व्यवसायीका हकहतिमा काम गर्न नसक्ने निकामे ठहर गरिसकेका छन् ।
यो पनि
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



