अमेरिकी उप–विदेशमन्त्री दूतावास छिरेर रवि भेट्न इटालीटार पुगे
काठमाडौं– आजै बिहान इस्तान्बुल हुँदै काठमाडौँ आएका अमेरिकी उप बिदेशमन्त्री समिर पल कपुर रास्वपा सभापति रवि लामिछानेलाई भेट्न भर्खरै निजको निवास बूढानीलकण्ठ पुगेका छन् ।

१० बजेदेखि पौने एक घण्टा महाराजगञ्जस्थित अमेरिकी राजदूतावासमा पसेर छलफल गरेका कपुर त्यहाँबाट सोझै इटालीटारस्थित रवि लामिछाने निवासमा प्रवेश गरेका हुन् ।
