विचौलिया दीपक भट्टसँग जोडिएपछि गृहमन्त्री सुधन गुरुङको राजिनामा माग
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्ट सँग व्यावसायिक सम्बन्ध जोडिएको खुलासा भएपछि गृहमन्त्री सुधन गुरुङ को राजीनामा माग गरिएको छ।

जेनजी मुभमेन्ट नेपाल ले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै गृहमन्त्री गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको हो। मुभमेन्टका प्रवक्ता विजय शाहले मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रभावित हुने र स्वार्थको द्वन्द्व सिर्जना हुने बताएका छन्।
हालै विभिन्न सन्चार माध्यममा सार्वजनिक भएको विवरणअनुसार गृहमन्त्री गुरुङ विवादास्पद व्यापारी दीपक भट्ट तथा शंकर समूहसँग सम्बन्धित लघु बीमा कम्पनीहरूमा लगानीकर्ता रहेको खुलेको छ।
![]() |
![]() |
![]() |
|---|
विशेषगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड मा २५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर रहेको तथ्य बाहिरिएपछि उनीमाथि प्रश्न उठेको हो। गुरुङले जेनजी आन्दोलनपछि करिब ५० दिनको अवधिमा ५३ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद गरेका थिए।
मुभमेन्टले मन्त्रीकै जिम्मेवारीमा रहँदै आफ्नै विषयमा छानबिन हुनु नैतिकता र कानुनी सिद्धान्तविपरीत हुने जिकिर गरेको छ। निष्पक्ष अनुसन्धानका लागि गुरुङले पद त्याग्नुपर्ने उनीहरूको माग छ।
वक्तव्यमा सरकारको नेतृत्वप्रति पनि प्रश्न उठाउँदै मन्त्री नियुक्ति र पदमुक्ति प्रक्रियालाई ‘कच्चा खेल’ नबनाउन आग्रह गरिएको छ। साथै सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता नगर्न चेतावनी दिइएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



