चिनियाँ राष्ट्रपति सी र ताइवानी विपक्षी नेताबीच बेइजिङमा दुर्लभ भेटवार्ता
काठमाडौं– चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानको मुख्य विपक्षी दल कुओमिन्ताङ (केएमटी) की नेता चेङ ली–वुनबीच शुक्रबार बेइजिङमा ’दुर्लभ’ भेटवार्ता भएको छ। एक दशकयता बहालवाला केएमटी नेताले गरेको यो पहिलो चीन भ्रमण हो।

सन् २०१६ मा ताइवानमा सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) की साई इङ–वेन राष्ट्रपति बनेपछि बेइजिङले ताइवानसँगको उच्चस्तरीय सम्वाद विच्छेद गरेको थियो। साईले ’एक चीन’को अवधारणालाई स्वीकार नगरेपछि बेइजिङ रुष्ट भएको छ। डीपीपी लगायतका दलहरूले चाङको यो भ्रमणको आलोचना गर्दै उनलाई बेइजिङको ’कठपुतली’ बनेको आरोप लगाएका छन्।
बीबीसीका अनुसार भेटमा राष्ट्रपति सीले ताइवान स्वतन्त्रताको विरोध गर्दै सम्बन्ध सुधारमा जोड दिएका छन्। उनले भने,’हाम्रो साझा मातृभूमिको शान्ति र स्थिरताको रक्षा गर्न, वारिपारिको सम्बन्धको शान्तिपूर्ण विकासलाई अघि बढाउन र भावी पुस्तालाई उज्ज्वल र सुन्दर भविष्य दिनका लागि दुई पार्टीका नेताहरू आज भेटिरहेका छौँ।’
![]() |
![]() |
![]() |
|---|
जवाफमा नेता चेङले ’चिनियाँ जनताको पुनर्जागरण जलडमरुमध्यको दुवैतर्फका मानिसहरूको साझा आकांक्षा हो’ भन्दै यो भेटले विश्व शान्तिमा योगदान पु¥याउने विश्वास व्यक्त गरिन्। ताइवानको सत्तारुढ दल डीपीपीले भने यस भ्रमणलाई बेइजिङसामु ’लम्पसार’ परेको भन्दै आलोचना गरेको छ। बेइजिङले वर्तमान राष्ट्रपति लाई चिङ–तेलाई ’विखण्डनकारी’ को संज्ञा दिँदै आएको छ।
केही विश्लेषकहरूका अनुसार चाङको भ्रमणको तत्परता उनका पूर्ववर्तीहरूको तुलनामा बढी खुला देखिएको छ। बेइजिङले ताइवानलाई आफ्नो भूभागको हिस्सा भएको दाबी गर्छ। आवश्यक परे बलपूर्वक कब्जामा लिने सम्भावनालाई पनि नकार्न सकेको छैन।



