Close

Recent Posts

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन सपथ

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन सपथ
  • २७ चैत्र २०८२, शुक्रबार २०:५०

काठमाडौँ । प्रतिनिधि सभामा आजै नियुक्त भएकी नवनियुक्त उपसभामुख रुबीकुमारी ठाकुरले सपथ लिएकी छन् ।

mulpatra

शुक्रबार उपसभामुखमा निर्वाचित उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाएका हुन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह समेत उपस्थित थिए।

धनुषाको सामान्य परिवारमा जन्मिएकी रुवी नेपालको कान्छी उपसभामुख समेत बनेकी छिन् । रुवी १८ चैत २०५६ मा जन्मिएकी हुन् । उनी धनुषाको मझेलियास्थित ठाकुर बस्तीकी स्थानीय हुन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुवीलाई समानुपातिक बाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य बनाएको थियो ।

mulpatra mulpatra mulpatra

२७५ सदस्य रहेको प्रतिनिधि सभामा आज सम्पन्न मतदानमा रुबीको पक्षमा २२९ मत परेसँगै उनी बिजयी भएकी थिइन् ।