Close

Recent Posts

वैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रस्थानमा थप कागजात चाहिँदैनः विभाग

वैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रस्थानमा थप कागजात चाहिँदैनः विभाग
  • २८ चैत्र २०८२, शनिबार १२:०८

काठमााडैं । वैदेशिक रोजगारका लागि जाने नेपाली कामदारहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा अतिरिक्त कागजात (बिलररसिद) पेस गर्नु नपर्ने बताएको छ ।

mulpatra

अध्यागमन विभागले एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान हुने नेपाली श्रमिकहरूले विलररसिद लगायतका थप कागजात लिएर मात्र प्रस्थान गर्न मिल्ने सम्बन्धमा आम सर्वसाधारणमा उत्पन्न अन्यौलताप्रति विभागको ध्यानाकर्षण भएको जनाएको छ।

विभागका अनुसार भिजिट भिसामा यात्रा गर्नेका हकमा कम्तिमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित प्रस्थान गर्न सकिने व्यवस्था छ।

mulpatra mulpatra mulpatra

त्यस्तै, वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरूको हकमा वैदेशिक रोजगार विभागबाट जारी श्रम स्वीकृति र राहदानी लगायतका आधारभूत कागजात बाहेक थप कुनै पनि कागजात वा बिलररसिद पेश गर्न आवश्यक नपर्ने स्पष्ट गरिएको छ।