विश्वविद्यालय नेतृत्वसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । ति विश्वविद्यालय र प्रतिष्ठानमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था छ ।

बैठकमा विश्वविद्यालय र प्रतिष्ठानका समस्या र तिनको व्यवस्थापनका बारेमा छलफल हुनेछ । विश्वविद्यालयको नेतृत्वको विषयमा समेत छलफल हुने सम्भावना छ ।
पछिल्लो समय विश्वविद्यालयमा राजनितिक नेतृत्व कुलपति रहने व्यवस्थाको विरोध भइरहेको छ । प्रधानमन्त्री बालेन स्वयं विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था परिवर्तन गर्ने सोचमा रहेको बुझिएको छ ।
![]() |
![]() |
![]() |
|---|



