प्रधानमन्त्री बालेन भारत जान लागेका हुन् ?
काठमाडौं । बालेन्द्र शाह भारत भ्रमणमा जाने तयारीमा रहेको बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले दिएको औपचारिक निम्तो प्रधानमन्त्री शाहले स्वीकार गरिसकेको परराष्ट्रमन्त्री शिशिर खनाल ले बताएका छन्।

परराष्ट्रमन्त्री खनालले सैद्धान्तिक रूपमा भ्रमणको निम्ता स्वीकार गरिएको र मिति र समय संयन्त्रहरूले तय गर्ने बताएका छन् । यद्यपि, नेपाल सरकारले भ्रमणबारे औपचारिक घोषणा भने अझै गरिसकेको छैन।
हाल मौरिसस मा आयोजित नवौँ हिन्द महासागर सम्मेलनमा रहेका मन्त्री खनालले भारतीय सन्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, ‘प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देशसहित भ्रमणको निम्ता आएको छ ।’उनले आवश्यक गृहकार्य पूरा भएपछि मात्र भ्रमणको मिति तय गरिने बताएका छन्, ताकि भ्रमणबाट ठोस उपलब्धि हासिल गर्न सकियोस्।
![]() |
![]() |
![]() |
|---|
नेपाल र भारत बीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित सम्भावित भ्रमणको तयारी भइरहेको छ।



