युटुवर पक्राउः के अब बालेन सरकारलाई सामाजिक सन्जालमा गाली गर्न पाइँदैन ?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई गाली गरेको अभियोगमा पाँचथरमा एक युट्युवर पक्राउ परेका छन् । दुई महिना अघि राखिएको भिडियोलाई लिएर उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

hades नामक युट्युव च्यानलमा प्रधानमन्त्री शाहलाई गाली गरेर भिडिओ बनाएको भन्दै रोशन पोखरेल पक्राउ परेका हुन् ।
फाल्गुनन्द गाँउपालिका(७ घर भई सदरमुकाम फिदिम बस्दै आएका रोशनले नेता र उनीहरूको कामलाई लिएर टिप्पणी गरेर भिडिओ बनाउँदै आएका छन् । उनले भिडियोमा रबि लामिछानेलाई पत्रकार होइन भनेर समेत उनले आरोप लगाएका छन् ।
![]() |
![]() |
![]() |
|---|
पोखरेलले शाह प्रधानमन्त्री हुनुअघि आफ्नो च्यानलमा पोष्ट गरेको भिडिओमा बालेन शाहलाई ‘भगवान्’ नभएको भन्दै आलोचना गरेका छन् । बालेनले मेयर हुँदा केही गर्न नसकेको समेत आरोप लगाएका छन् । उनले पुराना नेता सबै चोर हो भनेर पनि प्रधानन्त्री बन्न रवि लामिछानेको पछि लागेको टिप्पणी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अधिकारीले युटुवमा अस्लिल शब्दहरु प्रयोग गरेको कारण पक्राउ गरेको र अनुसन्धान गरिरहेको बताएको छ ।



