बैशाख २ बाट देशभर आर्थिक गणना शुरु हुने

बैशाख २ बाट देशभर आर्थिक गणना शुरु हुने
  • २९ चैत्र २०८२, आईतवार १४:२७

काठमाडौं। देशभर दोस्रो आर्थिक गणना आगामी वैशाख २ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय ले गणनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

mulpatra

कार्यालयका अनुसार गणनाका लागि खटाइएका गणक तथा सुपरिवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्। कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक गणनामा सक्रिय सहभागिता जनाउन उद्योगी, व्यवसायी तथा सबै सरोकारवालालाई आग्रह गरेका छन्। उनले मुलुकको समग्र औद्योगिक तथा आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्न यो अभियान महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।

mulpatra mulpatra mulpatra

यस आर्थिक गणनामा १८ वटा आर्थिक क्षेत्रसँग सम्बन्धित आधारभूत विवरण सङ्कलन गरिनेछ। उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने लक्ष्य रहेको छ।

देशभर दर्ता भएका वा नभएका साना–ठूला सबै प्रकारका व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, सरकारी निकाय, विद्यालय, अस्पताललगायतका संस्थाहरूलाई समेटेर गणना गरिनेछ।

कार्यालयले आर्थिक गणनालाई राष्ट्रिय अभियानका रूपमा लिँदै सबैलाई सही र पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ। यसअघि २०७५ सालमा सम्पन्न पहिलो आर्थिक गणनामा देशभर ९ लाख २३ हजारभन्दा बढी प्रतिष्ठान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com