पुनःश्रम स्वीकृति खुल्दा नयाँ र मागपत्र प्रमाणिकरण किन रोकियो, लाखौं रोजगारी गुम्दैपुरानालाई ड्रोन नलाग्ने नयाँलाई लाग्छ भन्ने भ्रम देखियो
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्व (पश्चिम एसिया) युद्धको प्रभावका कारण सुरक्षाको कारण देखाउँदै श्रम स्वीकृति रोकेको छ । तर यसको प्रभाव समग्र वैदेशिक रोजगारी क्षेत्रमा पर्न थालेको छ ।

सरकारले गत फागुनमै साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलसहितका देशमा श्रम स्वीकृति स्थगन गरेको थियो ।
श्रम मन्त्रालयले भने पुनः श्रम स्वीकृति भने खुलाएको छ । अहिले पनि पुनः श्रम स्वीकृतिमा कामदार गइरहेका छन् । भने एनआरएनएकका हकमा भिसा जारी भइरहेको छ ।
![]() |
![]() |
![]() |
|---|
श्रम स्वीकृति खुला भएपछि पुनः श्रम स्वीकृति लिनेको संख्या दैनिक एक हजारदेखि एक हजार १ सयसम्म रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । पुनः श्रम स्वीकृति जारी गरिरहँदा नयाँ श्रम स्वीकृति किन नखुलाएको भन्दै म्यानपावर व्यवसायीले सरकारसँग माग गरिरहेका छन् ।
श्रमिकहरूको दबाबका कारण खुलाउँदै र वैदेशिक रोजगार विभागको मागअनुसार परराष्ट्र मन्त्रालयले चैत ३ गते सिफारिस गरेबमोजिम श्रम मन्त्रालयले स्थगन गरिएको श्रम स्वीकृति खुला गरेको हो । तर अहिले मागपत्र प्रमाणिकरणको काम भने रोकिएको म्यानपावर व्यवसायीकै गुनासो छ ।
एनआरएनए र पुनः श्रम स्वीकृतिमा जाने नेपाली कामदारलाई केही नहुने तर नयाँ श्रम स्वीकृतिमा जाने कामदार युद्वको ड्रोन लाग्छ भन्ने सरकारमा भ्रम रहेको वैदेशिक रोजगार व्यवसायी तथा नयाँ सोच र खोजका श्रम, स्वास्थ्य संयोजक लक्ष्मण पौडेल बताउँन् ।
Image Source: © https://mulpatra.com
रोजगारदाता देशका कम्पनीले नेपाली कामदार लैजान डिमाण्ड दिइरहेको र तर नेपालबाट नै नयाँ श्रम स्वीकृति रोकेर समस्या निम्त्याएको उनको आरोप छ । ‘अहिले नयाँ श्रम स्वीकृति नखुख्ला १ लाखभन्दा बढी मागपत्र गुम्ने चिन्ता बढेको छ । पुनः श्रम स्वीकृतिमा जाने कामदारलाई इरानको ड्रोन नलाग्ने र नयाँ श्रम स्वीकृतिमा जाने कामदारलाई ड्रोन लाग्छ भन्ने भ्रम सरकारमा देखियो । यसको समस्या वैदेशिक रोजगारीमा ठुलै पर्न थालेको छ ।’ उनले भने ।
सत्ता परिवर्तन भएपिच्छे फ्रि भिसा र फ्रि टिकटका कारण सरकार कामदार र व्यवसायीबीच द्वन्द्व भइरहेको छ । यसको नीतिगत समाधान तत्काल अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्यान्यवनमा ल्याउनुपर्ने उनको सुझाव छ ।
नेपाल सरकारले यस्तो बेलामा सुरक्षाको केन्द्रलाई चनाखो गरी हेर्ने र नागरिकको काम गर्ने अधिकारको सुरक्षाका लागि सन्तुलित भएर दायित्व पूरा गर्नुपर्ने देखिन्छ । तर पुरानोलाई भिसा दिदै गर्दा नयाँ रोक्नु अन्याय भएको उनको भनाइ छ ।
जुन सरकार आएपनि वैदेशिक रोजगारीमा जाने कामदारलाई फ्रि भिसा र फ्रि टिकटका नाममा साहानुभुति मात्र दिने काम गरिरहेको छ । अहिलेको सरकारले यस विषममा गम्भीर भएर सोच्नु र विकल्व खोज्नुपर्ने उनले बताए । ‘रोजगारदाता कम्पनीले फ्रि भिसा र फ्रि टिकटसहित सेवा शुल्क दिएको अवस्थामा कामदार पठाउन सकिन्छ ।’ पौडेलले भने
फ्रि भिसा र फ्रि टिकट लागू भएको ११ वर्षमा यो सुविधा लिएर जाने कामदारको संख्या ५–६ प्रतिशत मात्र छ । यो सुविधा लागू हुनुअघि पनि २–३ प्रतिशत थियो । समय अनुसार फ्रि भिसा र फ्रि टिकटमा जाने कामदारको संख्या पनि बढ्दो छ । फ्रि भिसा र फ्रि टिकटको विकल्पमा सरकारले एक महिनाको सेवा शुल्कबाफतको गत खर्च तोक्नुपर्ने उनको माग छ ।
सरकारले फ्रि भिसा र फ्रि टिकटको विकल्प खोजेका हकमा कामदार, सरोकारवाला र व्यवसायीबीच भइरहेको द्वन्द्व पनि अन्त्य हुने र साथै यस क्षेत्रको समस्या समाधान हुने पौडेलको बुझाइ छ ।
मन्त्रालयले स्थगन भएका मुलुकहरूमध्ये साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई र बिदामा नेपाल आएर पुनः ती देशहरूमा रोजगारीका लागि फिर्ता हुन चाहने नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यद्यपि सरकारले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानका लागि भने श्रम स्वीकृति स्थगन रहेको जनाएको छ । तर नयाँका हकमा भने नेपाल सरकारले केही निर्णय नगरेको श्रम मन्त्रालयको प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । अहिले साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको अवस्था बुझेर मात्र श्रम स्वीकृति खुलाउने उनले बताए ।
साउदी अरेबिया, युएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको मागपत्र समेत प्रमाणिकरणको काम रोकिएको छ । तर यी देशका रोजगारदाता कम्पनीले भने भिसा जारी गर्ने काम नरोकेको व्यवसायीको भनाइ छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



