देशभर रासायनिक मलको अभाव, किसान महासंघको मल आपुर्ति सहज गर्न माग

देशभर रासायनिक मलको अभाव, किसान महासंघको मल आपुर्ति सहज गर्न माग
  • २९ चैत्र २०८२, आईतवार १७:१३

काठमाडौँ । देशभर रासायनिक मल अभाव भएको भन्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेको छ ।

mulpatra

देशभर धान र कोदोको बीउ राख्ने, मकै गोड्ने, चैते धानमा मल हाल्ने र वर्षे तरकारी खेती गर्ने संवेदनशील समयमा देशभर रासायनिक मलको अभाव भएको महासंघले जनाएको छ । यस्तो संवेदनशिल समयमा उत्पादनमा असर गर्ने भन्दै मल आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको हो ।

महासंघले विज्ञप्तिमा भनेको छ, “धान, मकै र कोदो नेपालको राष्ट्रिय अर्थतन्त्र र किसानहरूको जीवन, जीविका र नागरिकको खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने रणनीतिक बाली हुन्, यस्ता बालीहरूको खेती गर्ने मुख्य समयमा रासायनिक मलको अभाव हुनु, किसानहरू खेतीपाती छोडेर मलका लागि लाइन लाग्ने र चर्को मूल्यमा मल किन्न बाध्य हुनु दुर्भाग्यपूर्ण छ । यो समस्या समाधान गरिनुपर्छ ।”

mulpatra mulpatra mulpatra

कालोबजारी नियन्त्रण, दीर्घकालीन रूपमा समस्या समाधानको योजना तर्जुमा र साना तथा उत्पादक किसानको हितलाई ध्यान दिँदै प्राथमिकताका आधारमा मल वितरण गर्न पनि महासंघले माग गरेको छ ।