अर्थमन्त्रीको सम्पत्ति विवरणः आधा केजी सुन, ४ ठाउँमा घर तथा अपार्टमेन्ट अन्य कति ?
काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आज आइतबार सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग आधा केजी बढी ४५ तोला सुन रहेको देखाएका छन् । उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै चार वटा घर तथा अपार्टमेन्ट रहेको खुलाएका छन्।

सार्वजनिक विवरणअनुसार ललितपुरको सानेपामा करिब २ करोड रुपैयाँ मूल्यको अपार्टमेन्ट, ललितपुरमै ५ करोड रुपैयाँको घर, काभ्रेमा ३ करोड ७५ लाख रुपैयाँको अपार्टमेन्ट र तनहुँमा करिब २ करोड रुपैयाँको घर रहेको उल्लेख छ।
त्यस्तै, वाग्लेले आफूसँग ४५ तोला सुन रहेको जनाएका छन्। सेयर लगानीतर्फ सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता र सांग्रिला विकास बैंकमा २५ हजार ७६२ कित्ता प्रमोटर सेयर रहेको उल्लेख गरेका छन्।
![]() |
![]() |
![]() |
|---|
सम्पत्तिको स्रोतका रूपमा उनले अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीलाई उल्लेख गरेका छन्। विवरणअनुसार उनको बैंक खातामा १ करोड ९० लाख रुपैयाँ मौज्दात रहेको छ।
यसैगरी, नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो लखोला आयोजनामा ६० लाख रुपैयाँ र अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ लगानी रहेको विवरणमा उल्लेख छ। साथै, ९४ लाख रुपैयाँ मूल्यको गाडी पनि रहेको उनले जनाएका छन्।
ऋणतर्फ, ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख रुपैयाँ र व्यक्तिगत सापटीमार्फत २ करोड ५० लाख रुपैयाँ दायित्व रहेको छ। उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ७५ लाख रुपैयाँ ऋण लिएर भुक्तानी गरिसकेको पनि उल्लेख गरेका छन्।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



