वैशाख १ गतेको सुरुवात, नयाँ वर्ष फलोस्, फुलोस् !
काठमाडौं– आजबाट विक्रम संवत् २०८३ साल हामीमाझ आइपुगेको छ । नयाँ वर्ष, नयाँ उमंग, नयाँ उल्लास, नयाँ थालनी । सबै कुरा नयाँ छ आज ।

वर्षभरि रमाइलो होस् भन्ने कामनाका साथ धूमधामले नयाँ वर्ष मनाइयो । जहाँ नेपालीपन भेटिन्छ ।
नेपालमा वैशाख १ लाई नयाँ वर्षका रूपमा कहिलेदेखि मनाउन थालियो ? प्रधानमन्त्री चन्द्रशमशेरले १९६१ सालदेखि विक्रम संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्न प्रारम्भ गरेको मानिन्छ ।
![]() |
![]() |
![]() |
|---|
वैशाख १ बाहेक पनि नेपालमा अन्य धेरै नयाँ वर्षहरू मनाइन्छ । जस्तैः कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत्को नयाँ वर्ष, जनवरी १ को दिन मनाइने ग्रेगोरियन पात्रोअनुसारको इस्वी संवत्को नयाँ वर्षलगायत धेरै जातीय समुदायहरूले मनाउने नयाँ वर्ष छन् ।
विक्रम संवत् १९६१ देखि मेष संक्रान्तिलाई वैशाख १ गते मानी वर्षभरिका १२ महिनाका दिनहरू निर्धारण गरिएका हुन् । मीन राशि सकिएर मेष राशि सुरु हुनासाथ वैशाख मास सुरु हुन्छ ।
विक्रम संवत् चन्द्र अथवा सौर्य गणनाको आधारमा तय गरिन्छ । यो संवत्को सुरुवात उज्जयनका चक्रवर्ती राजा विक्रमादित्यको राजतिलकको तिथिदेखि भएको मानिन्छ । विक्रम संवत्को रचना त्यसबेलाका प्रसिद्ध खगोलशास्त्री बराहमिहिरले गरेका हुन् ।
Image Source: © https://mulpatra.com

एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन छ । पात्रोको प्रथम दिन तथा वर्ष वा सालको सुरुवातलाई नयाँ वर्ष भनिन्छ । नयाँ वर्ष विश्वमा अलग–अलग तिथिमितिमा फरक–फरक तरिकाले मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न नयाँ वर्ष मनाइन्छ । तीमध्ये विक्रम संवत्को नयाँ वर्षको सुरुवात वैशाख एक गतेदेखि हुन्छ ।
नयाँ वर्ष फरक प्रकारको उत्साह एवं विश्वासको क्षणका रूपमा मनाइने नेपाली संस्कृति रहिआएको छ । लहरा तथा रुख–बिरुवामा देखिने नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावा अनि कोइलीको कुहूकुहू र अन्य चराहरूको चिर्बिरले सजिएको वसन्तऋतुको मनोरम दिनहरूसँगै नवीन उमङ्ग, उल्लास एवं आशा लिएर विक्रम संवतको नयाँ वर्षको आगमन हुन्छ ।
संवत्को अर्थ वर्ष, साल, इयर आदि हुन् । कालगणनाअनुसार तिनै फेरिने क्रममा अर्थात् पुरानो वर्ष पूरा भएर नयाँ वर्ष लाग्ने क्रममा त्यसलाई विशेष उत्साह एवं उमङ्गका साथ मनाइने विश्वव्यापी चलन छ ।
अहिलेसम्म विश्वमा कहिलेदेखि नयाँ वर्ष मनाउन थालियो भन्ने कुनै स्पष्ट प्रमाण छैन तैपनि पृथ्वीमा जहिलेदेखि समयको गणना वर्षमा गन्ने चलनको विकास भयो, त्यहीँबाट नयाँ वर्ष मनाउने चलन चलेको हो भन्न सकिन्छ । नेपालमा विभिन्न किसिमका नयाँ वर्ष मनाइन्छन् । तीमध्ये विक्रम संवत् पनि एक हो ।
विक्रम संवत् सौरमानअनुसार सूर्य मेष आदि १२ राशिमा प्रवेश गर्दै जाँदा मीनपछि फेरि मेष राशिमै प्रवेश गरेपछि एक चक्र पूरा हुन्छ र नयाँ वर्ष फेरिन्छ । नेपालमा भने विक्रम संवत् लिच्छवि कालतिरदेखि नै चलिआएको पाइन्छ । यो दिनलाई नेपालमा धर्म एवं संस्कृतिसँग पनि जोडिएको पाइन्छ ।
नयाँ वर्षका दिन उपत्यकामा विभिन्न जात्रा एवं पर्व मनाइन्छ । बालाजु बाइसधारामा स्नान गरी नागार्जुनको डाँडास्थित जामाचो बौद्ध स्तूपाको दर्शन, विष्णुमती नदीको मुहान सपनतीर्थ स्नान गरिन्छ ।
त्यस्तै भक्तपुरको बिस्केट जात्रा तथा ठिमीको जिब्रो छेड्ने जात्रा आदि पनि नयाँ वर्ष फेरिने परम्परासँगै सम्बन्धित छन् । यसरी नेपालीको नयाँ वर्षका रूपमा प्रचलित मेष संक्रान्ति अर्थात् वैशाख संक्रान्तिलाई हर्षोल्लासपूर्वक मनाइन्छ । यसले नयाँ आशा सञ्चार गराउने भएकाले पुरानो कुरा छाडेर नवीनतातर्फ पाइला चाल्ने सुअवसरका रूपमा नेपालीहरूले नयाँ वर्ष मनाउने संस्कृति पछ्याएका हुन् ।
नयाँ वर्षको दिन सूर्य मीन राशिबाट मेष राशिमा सर्छ । मेष सूर्यको उच्च राशि पनि हो । फेरि मेष राशिको स्वामी मंगललाई ज्योतिष शास्त्रमा सूर्यको मित्र राशि मानिन्छ । यी दुई प्रक्रियालाई हेर्दा के भन्न सकिन्छ भने जसरी मित्रको घरमा गएर बस्दा आनन्द र खुसी प्राप्त हुन्छ, उच्च पदमा पुग्दा उत्सव मनाइन्छ त्यसरी नै सूर्यको अवस्थिति विचार गरेर नयाँ वर्षका दिन उत्सव एवं मांगलिक कार्य गर्ने चलन चलेको हो ।
सूर्य चराचर जगत्को जीवनको आधार हो । मानव जातिको पनि सूर्यसँग प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैले नयाँ वर्षको दिन रमाइलो गर्ने चलन चलेको हो । धार्मिक हिसाबले हेर्दा ग्रहजन्य पीडा हटाउन गरिने सानो कार्यबाट पनि ठूलो फल मिल्ने भएकाले यज्ञ–अनुष्ठान आदिका लागि यो दिन शुभ मानिन्छ ।’
नयाँ वर्षका दिन आपसमा सद्भावको आदानप्रदान गर्ने, शुभकामना लिने दिने, साथीभाइ ईष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाने आदि गरिन्छ । यो दिन नेपालमा सार्वजनिक बिदा पनि हुन्छ ।
विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
नेपालबाहेक भारत, बंगलादेश, श्रीलंकालगायत दक्षिणपूर्वी एसियाका केही देशहरूमा पनि वैशाख १ लाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाउने चलन छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com