नयाँ वर्षबाट योजनाका साथ योजनासहित नयाँ यात्रासकारात्मक सोचनै पहिलो योजना
काठमाडौं– २०८२ साललाई बिदाई गर्नेछौ र २०८३ लाई स्वागत गरेका छौं । आजबाट हामीले नयाँमा नयाँ जोस र जाँगरका साथ एक वर्षको भविष्य कोर्ने छौ । तपाईले आज निर्धारण गरेको योजना एक वर्षसम्म चल्नेछ ।

२०८२ सालमा तपाईंले केही गुमाउनुभयो होला । केही झन्झट वा समस्याको सामना गर्नुप¥यो होला । केही अप्ठ्यारासँग जुध्नुप¥यो होला । कति आरोप पनि पो खेप्नुभयो कि ? दुःख, कष्ट झेल्नुप¥यो कि ? यस वर्ष यी सबै ब्रिसिएर नयाँ योजना र जीवनको सुरुवात गर्ने बाचा समेत गर्नुहोस ।
हाम्रो उमेर, शारीरिक रुपरंग, सोंच चिन्तन सबै फेरिन्छ । परिवर्तनको यो शृंखलालाई हामीले स्विकार्नु र आत्मसात गर्नैपर्छ । साथसाथै आफुलाई थप परिमार्जित, परिष्कृत, परिपक्क बनाउँनुपर्छ ।
![]() |
![]() |
![]() |
|---|
अतः हरेक बर्ष भित्तामा झुन्ड्याएको क्यालेन्डर फेरिएसँगै, मौसम, हावापानी, रुखबुट्यान पनि बदलिन्छ । समय सधै एकनास रहँदैन ।
वितेका बर्षमा भएका गल्ती, कमजोरी, समस्या, अप्ठ्यारामाथि समीक्षा गरेर अबका दिन कसरी सुखमय बनाउने ? कसरी उपलब्धीमूलक बनाउने ? कसरी स्वस्थ्य र सन्तुलित बनाउने भन्ने सोंच राख्नुभएकै होला ।
यो सोच्नुहोस
बर्षभरको लागि एउटा यस्तो खाका तयार गर्छु, जसमा मैले गर्नुपर्ने कामहरु, मैले हासिल गर्नुपर्ने लक्ष्य, मैले अपनाउनुपर्ने सावधानी लेखिएको हुनेछ । यसरी तयार भएको खाका अनुसार आफ्नो काम गर्नेछु ।
Image Source: © https://mulpatra.com
थप अध्ययन गर्नेछु । कुनै न कुनै सीप एवं दक्षता हासिल गर्नेछु । चाहे त्यो ड्राइभिङ होस् वा कुकिङ ।
अल्छी, निद्रा त्याग्नेछु ।
अनावश्यक खर्च गर्ने बानी, भोग विलास, ऐश आरम त्याग्नेछु ।
यसबर्ष म १० वटा कुनै नयाँ रुख–बिरुवा रोप्नेछु ।
समाजका लागि ठोस योगदान पुग्ने कुनै एक काम गर्नेछु ।
बर्षभरमा कम्तीमा ३० दिन मोटरसाइकल, गाडी चढ्नेछैन । पर्यावरणका लागि योगदान गर्नेछु ।
महिनामा कम्तीमा २० दिन शाकाहारी भोजन सेवन गर्नेछु ।
कुनै एक बच्चालाई पढ्न पुग्ने पैसा छुटै बचत गर्नेछु ।
गरिब–दुःखीलाई एक पटक भोज ख्वाउनेछु । लताकपडा दिनेछु ।
शारीरिक सरसफाईमा ध्यान दिनेछु । शरीरलाई आकर्षक, स्वस्थ्य बनाउनका लागि प्रयास गर्नेछु ।
बेलाबखत पूर्ण मनोरञ्जन लिनेछु । घतलाग्दा पुस्तक पढ्नेछु, फिल्म हेर्नेछु । कतै यात्रा वा घुमघाममा निस्कनेछु ।
फेसबुक लगायत सामाजिक सञ्जालमा दिने समय परिवारका लागि दिनेछु । परिवारसँग क्वालिटी टाइम बिताउनेछु । बिहान बेलुकी परिवारसँगै रमाउनेछु । हप्तामा एक दिन पूर्ण रुपमा परिवारका साथ विताउनेछु ।
नितान्त आफ्नो लागि पनि समय छुट्याउनेछु । दिनमा कम्तिमा एक घण्टा आफैसँग विताउनेछु । परिवार, करियर, साथीभाई, ऋण, धन सबै भुलेर आफैसँग मन्थन गर्नेछु । आफ्नो शरीर र मनको भाषा सुन्नेछु ।
आफ्नो शरीरलाई माया गर्नेछु । शरीरले नचाहेको खानेकुरा त्याग्नेछु । शरीरले मागेको खानेकुरा खानेछु । शरीरलाई सहज बनाउन उचित समयमा खाने, सुत्ने, काम गर्ने अभ्यास गर्नेछु । नियमित व्यायाम, योगा, प्राणायाम गर्नेछु ।
घर धन्दा, सरसफाई आदि काममा खटिनेछु । घरलाई सफा र सुन्दर बनाउनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु ।
बालबच्चा, पार्टनर, आमाबुवा वा परिवारका सबै सदस्यको स्वास्थ्यको ख्याल राख्नेछु । आफ्नो मर्यादा र कर्तव्यप्रति सचेत रहनेछु ।
आफन्त, इष्टमित्रसँगको सम्बन्ध सुमधुर राख्नेछु । चाडपर्व, उत्सवमा सकेसम्म सहभागी हुनेछु ।
आफ्नो सोंच र लक्ष्य अनुसार अनुशासित ढंगले नियमित काममा खटिनेछु । निरन्तर प्रयास, लगाव र दृढ संकल्पका साथ अगाडि बढ्नेछु ।
कसैको चाकडी गर्नेछैन । कसैलाई चित्त दुखाउने छैन । दोस्रो व्यक्तिको जीवनमा कुनै हिसाबले दख्खल पु¥याउने छैन । आफुमा केन्द्रित रहेर काम गर्नेछु ।
समयप्रति वेपर्वाह रहने, अस्तव्यस्त दैनिकी बिताउने बानी त्याग्नेछु ।
फेसबुक एवं सामाजिक संजालमा अनावश्यक झुन्डिनेछैन ।
चुरोट, मदिरा, सूर्ती जस्ता खराब खानेकुरा त्याग्नेछु ।
रिस, अहंकार, दम्भ, लोभ, घृणा जस्ता मनोविकारले आफैलाई नष्ट गर्छ, जसलाई त्याग्नेछु ।
झुटो बोल्ने, छल्ने, कपट गर्ने जस्ता खराब बानीले आफुलाई हानी गर्छ, जसलाई त्याग्नेछु ।
वाहाना बनाउने, काममा ठग्ने, छल्ने बानी त्याग्नेछु ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



