डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिरे विद्युत लाइन काटिने

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिरे विद्युत लाइन काटिने
  • ३० चैत्र २०८२, सोमबार १५:२०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत प्रयोग गरेको बक्यौता नतिर्ने ग्राहकको लाइन काटिने चेतावनी दिएको छ ।

mulpatra

प्राधिकरणले एक सूचना जारी गरेर २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल बाँकी रहेका उपभोक्तालाई प्राधिकरणले तोकिएको समयभित्र भुक्तानी गर्न पटक पटक सुचना जारी गरेको थियो ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताको महसुल बक्यौता असुलीसम्बन्धी कारबाहीलाई अघि बढाउने संकेत हितेन्द्रदेव शाक्यले गरेका छन् ।

mulpatra mulpatra mulpatra

यस अघि प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत ०७२ साल माघदेखि ०७५ वैशाखसम्मको विद्युत् महसुल बक्यौता रहेका उपभोक्तालाई प्रशासनिक पुनरवलोकनका निम्ति ०८२ जेठ मसान्तभित्र निवेदन दिन सक्ने गरी ०८२ वैशाख २६ र ३० गते सूचना प्रकाशन गरेको थियो ।

मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्तालाई त्यो सुविधा दिइने भनेपछि केही उद्योगहरुले किस्ता रकम तिर्न शुरु गरेका थिए ।
तर अझै धेरै उद्योगहरुले किस्ताबन्दी नतिरेका कारण प्राधिकरणले आफ्ना क्षेत्रीय र डिभिजन कार्यालयहरूलाई पत्राचार गर्दै बक्यौता असुलीमा कडाइ गर्न निर्देशन दिएको छ। यसअघि पटक–पटक सूचना निकाल्दा पनि केही उपभोक्ताले किस्ताबन्दी रोकेर नियमित महसुल मात्र बुझाउने गरेको पाइएपछि प्राधिकरणले यस्तो कदम चालेको जानकारी दिएको छ।

प्राधिकरणले जारी गरेको पत्रमा भनिएको छस्
‘यस सन्दर्भमा उल्लेखित अवधिको बक्यौता विद्युत् महसुल असुलीको लागि किस्ताबन्दी सुविधा लिएका तथा नलिएका सबै उपभोक्ताहरू ९सम्मानित अदालतबाट अन्तरिम आदेश जारी भएका बाहेक० लाई निरन्तर रूपमा तिर्नरबुझाउन साथै उल्लेखित अवधिको बक्यौता विद्युत् महसुल तोकिएको समयसीमा भित्र बुझाउन नआएमा ने।वि।प्रा। विद्युत् महसुल संकलन विनियमावली, २०७८ बमोजिम कारबाही हुने ब्यहोरा सहितको पत्र सम्बन्धित सबै उपभोक्ताहरूलाई अनिवार्य रूपमा पत्राचार गरी गराई सोको जानकारी यस निर्देशनालयलाई गराउन हुन सूचित गरिन्छ ।’
यस्तो छ पत्रः

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com