Close

Recent Posts

काठमाडौंमा सुरु भयो रात्रिकालीन बस सेवा

काठमाडौंमा सुरु भयो रात्रिकालीन बस सेवा
  • १ बैशाख २०८३, मंगलवार १२:५२

काठमाडौं । नव बर्षको अवसर पारेर काठमाडौंमा आज देखि रात्रिकालीन बस सेवा सञ्चालन हुँने भएको छ । काठमाडौं महानगरपालिका र साझा यातायातको सहकार्यमा रात्रिकालीन विद्युतीय बस सेवा सुरु गर्न लागेको हो ।

mulpatra

रात्रिकालीन यातायात दुई रुटमा सन्चालन हुनेछ । बूढानीलकण्ठदेखि ललितपुरको लगनखेलसम्म र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि थानकोटसम्म सेवा सञ्चालन गर्न लागिएको हो । सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै सन्चालन गर्न लागिएको रात्रिकालीन बस राति ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

यात्रु तथा चालकको सुरक्षाका लागि सीसीटीभीमार्फत् निगरानी गरिनेछ भने प्रत्येक बसमा एकजना नगरप्रहरीको उपस्थिति रहने जनाइएको छ ।

mulpatra mulpatra mulpatra

लगनखेलबाट पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक अस्पताल तथा प्रसूति गृह, नेसनल ट्रमा सेन्टर तथा वीर अस्पताल, कान्ति तथा शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्मको एउटा रुट रहने छ । भने थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म अर्को रुट सञ्चालन गर्न लागेको छ ।