Close

Recent Posts

संघको अध्यक्षमा चर्चित अनुहारकै चर्चा: स्वतन्त्र व्यवसायीलाई चुनौती दिन पुरानाका युवा मैदानमा, भुवनको लिँडे ढिपी कायमै

संघको अध्यक्षमा चर्चित अनुहारकै चर्चा: स्वतन्त्र व्यवसायीलाई चुनौती दिन पुरानाका युवा मैदानमा, भुवनको लिँडे ढिपी कायमै

अमेरिकी रिपोर्टः बालेन र रवि बीच तनाव हुनसक्ने

अमेरिकी रिपोर्टः बालेन र रवि बीच तनाव हुनसक्ने
  • १ बैशाख २०८३, मंगलवार १३:०३

काठमाडौं । कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) ले नेपालका पछिल्ला राजनीतिक घटनाक्रमबारे तयार पारेको प्रतिवेदनमा प्रधानमन्त्री बालेन शाह र रबि लामिछाने नेतृत्वबीच भविष्यमा तनाव उत्पन्न हुनसक्ने संकेत गरिएको छ ।

mulpatra

‘पार्लियामेन्ट्री इलेक्सन इन नेपाल’ शीर्षकको उक्त प्रतिवेदनले हालको सत्ता गठबन्धन अवसर र चुनौतीको दोसाँधमा रहेको उल्लेख गर्दै नेतृत्वबीच नीतिगत तथा कार्यशैलीगत मतभेद देखिन सक्ने आकलन गरेको हो ।

प्रतिवेदन अनुसार फागुन २१ मा सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यधिक बहुमत प्राप्त गरेपछि नयाँ राजनीतिक शक्तिको उदय भएको छ । यसले जनतामा परिवर्तनको स्पष्ट चाहना देखाए पनि शासन सञ्चालनमा जटिलता थपिएको जनाइएको छ ।

mulpatra mulpatra mulpatra

सीआरएसले प्रधानमन्त्री शाहलाई स्थापनाविरोधी र सुधारमुखी नेताको रूपमा लोकप्रिय भए पनि स्पष्ट नीतिगत खाका प्रस्तुत गर्न कमजोर रहेको भन्दै टिप्पणी गरेको छ । उनले परम्परागत माध्यमभन्दा सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमार्फत संवाद गर्ने शैली अपनाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, रास्वपा नेतृत्वलाई ‘असन्तुष्ट समूहहरूलाई एकत्रित गर्ने छाता संगठन’ का रूपमा चित्रित गर्दै सुशासन सुधारमा केन्द्रित प्राविधिक दृष्टिकोण अपनाउने प्रयास भइरहेको उल्लेख गरिएको छ । तर यही दृष्टिकोण र नेतृत्व शैलीका कारण शाह र रास्वपा नेतृत्वबीच भविष्यमा मतभेद बढ्न सक्ने विश्लेषण गरिएको छ ।

प्रतिवेदनले नेपाल सरकारसमक्ष उच्च युवा बेरोजगारी, वैदेशिक रोजगारीबाट फर्किने कामदार, रेमिट्यान्समा सम्भावित गिरावट, ऊर्जा संकट जस्ता आर्थिक चुनौतीहरू रहेको पनि औँल्याएको छ । साथै, भूराजनीतिक रूपमा नेपालले भारत र चीनबीच सन्तुलन कायम गर्नुपर्ने दबाब सामना गरिरहेको उल्लेख गरिएको छ ।

Image Source: © https://mulpatra.com

विशेषगरी चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गतका परियोजनाहरू, तिब्बती शरणार्थीसम्बन्धी विषय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चासोले सरकारको नीति निर्माणमा थप जटिलता ल्याउन सक्ने प्रतिवेदनमा जनाइएको छ ।

सीआरएसले निष्कर्षमा प्रधानमन्त्री शाहको भ्रष्टाचारविरुद्धको अभियान र २०२५ सेप्टेम्बरको आन्दोलनसँग सम्बन्धित घटनामा जवाफदेहिता कायम गर्ने प्रयासले सरकारप्रतिको जनविश्वास निर्धारण गर्ने महत्वपूर्ण कारक बन्ने उल्लेख गरेको छ । साथै, यही प्रक्रियामा सत्ता साझेदारबीचको सम्बन्ध कति बलियो रहन्छ भन्ने कुरा पनि परीक्षणमा पर्ने संकेत गरिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com