संघको अध्यक्षमा चर्चित अनुहारकै चर्चा: स्वतन्त्र व्यवसायीलाई चुनौती दिन पुरानाका युवा मैदानमा, भुवनको लिँडे ढिपी कायमैसंघकै कार्यालय तोडफोड गर्ने खोखालीको आँखा अध्यक्षमा
काठमाडौं–नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्वका लागि अध्यक्षसहित पदाधिकारी उम्मेदवारका आकांक्षीहरुको चर्चा सुरु भएको छ । यस पटक चुनावी मैदानमा व्यवसायीका लागि उचित वकालत गर्नेदखि युवा व्यवसायी आकांक्षीको चर्चा छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको पछिल्लो निर्देशन दिएअनुसार नै संघको प्रबन्ध समितिले बुधबार पत्रकार सम्मेलन गरी जेठ २४ गते नयाँ कार्यसमितिका लागि मतदान गराउने दाबी गरेको छ ।
तर कार्यालयको निर्देशनविरुद्ध भुवनसिंह गुरुङको समुह भने अदालत जाने तयारीमा छ । प्रबन्ध समितिका सदस्य राजेन्द्र भण्डारीले जिल्ला प्रशासनको निर्देशनअनुसार निर्वाचनसहितको विशेष साधारण सभाको प्रक्रिया द्रूतगतिमा काम भइरहेको र सोही मितिमा निर्वाचन गर्नेगरी समिति अगाडि बढेको जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
निर्देशन अदालतको आदेशबाट बदर गराउने चर्चा चलाएपछि बुधबार साँझसम्म आकांक्षी व्यवसायीहरूले औपचारिक रूपमा उम्मेदवारी घोषणा भने गरेका छैनन् । तर विधानमा भएअनुसार र नै कार्यालय निर्देशन दिएका कारण अहिले व्यवसायीहरु साधारणसभाको तयारीमा छन् ।
हिजो भएको पत्रकार सम्मलेनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै भण्डारीले प्रबन्ध समितिले कुनै पनि पक्ष वा विपक्षमा नलागि निष्पक्षरुपमा निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै चुन्ने र चुनिने आफ्नो अधिकार प्रयोग गरेर नयाँ नेतृत्व निर्माण गरिने कार्यमा सरिक हुन सबै व्यवसायीहरुसँग अपिल गरे ।
संघको चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली कम्युनिस्ट पार्टी निकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन मुख्य प्रतिस्पर्धी रहेकोमा यसपटक सरकार निकट मानिने स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूह पनि थपिएको छ ।
Image Source: © https://mulpatra.com
व्यवसायीमा पार्टी युनियन अथवा कुनैपनि भातृसंगठन नखोल्ने भनेको राश्वपाले पनि यसपटक साधारण सभामार्फत निर्वाचनमा होमिने भएको छ ।
स्वतन्त्र व्यवसायीका अध्यक्ष कृष्णप्रसाद ढकालले आफूहरूले ७ पदाधिकारी र १० सदस्य गरी निर्वाचन हुने सबै १७ पदमा उम्मेदवार उठाउने गरी छलफल भइरहेको र उम्मेदवार समेत आन्तिरक रुपमा छान्ने काम भइरहेको संकेत गरेका छन् ।
संघको आगामी निर्वाचनमा एसोसिएसनका तर्फबाट विघटित कार्यसमितिका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीको चर्चासँग उनी लविङमा छन् । उनले २ महिनाअघि नै संघमा व्यवसायीले लगाएको ताला फुटाउने संघ कार्यालय तोडफोडमा उत्रिएका थिए । खोखाली तत्कालिन अध्यक्ष भुवन गुरुङनिटक हुन् । गुरुङको नाम लिएर उनले धेरै व्यवसायीलाई आंतकित बनाएको आरोप छ ।
मञ्चका तर्फबाट पू्र्वप्रथम उपाध्यक्ष डिक बहादुर खत्री ‘कुमार’ र पूर्वतृतीय उपाध्यक्ष तथा मञ्चका महासचिव मिलन कट्टेलमध्ये एक, एकता समितिका तर्फबाट अध्यक्ष तथा पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीसहित संघका पूर्वमहासचिव मेघनाथ भुर्तेललगायतको अध्यक्षमा चर्चा छ ।
मिलन युवा व्यवसायी हुन् । उनले अध्यक्षमा उम्मेदार दिएको खण्डमा स्वतन्त्र व्यवसायीलाई चुनौती हुन्छ ।
स्वतन्त्र व्यवसायीको उपस्थितिले यसअघिको निर्वाचना प्यानल बनाएर प्रतिस्पर्धा गरेका घटकहरू शक्ति पुनःमूल्यांकनको अवस्थामा देखिन्छन् । त्यसलाई चुनौती सिर्जना गर्ने युवा व्यवसायीपनि मैदानमा उत्रिने संकेत गरिरहेका छन् ।
म्यानपावर व्यवसायीका हकमा पुर्वमहासचिव भुर्तेल पनि परिचित र उनले कार्यसमितिमा बसेर कामदारसँगै सरकारसँग नीतिगत सुधारमा दबाबनै दिएर काम गरेका थिए । स्पष्ट वक्ताको छवी बनाएका मेघनाथ अध्यक्षका बलियो उम्मेदवारका रुपमा व्यवसायीले नै बताइरहेका छन् ।
नेपालमा सबैभन्दा बढी कामदार पठाउने व्यवसायी समेत रहेका भुर्तेलले महासचिव भएका बेला नीतिगत सुधारका लागि पहल गरेकै कारण अहिले सरकारले कतिपय समस्या समाधान गरिरहेको छ ।
पुर्ववरिष्ठ उपाध्यक्ष केसीपनि वैदेशिक रोजगारी सुधारका विषयमा प्रष्ट धारण राख्ने व्यवसायी हुन् । उनले वैदेशिक रोजगारी क्षेत्रका नीतिगत सुधारका लागि आफनो कार्यकालमा दबाबनै दिएर आवाज उठाउँदै आएका व्यवसायी हुन् । व्यवसायी राजनीतिभन्दा व्यवसायीका विषयमा गम्भीर भएर बोल्ने भनेर वैदेशिक रोजगारी क्षेत्रमा उनी परिचित छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संघको राजनीतिभित्र उत्तिकै सक्रिय रुपमा छन् ।
एकता व्यवसायीका तर्फबाट पाण्डेपनि अध्यक्षमा उम्मेदवार दिदै तयारीमा छन् । हालसम्म निर्वाचनमा उनी नेतृत्व व्यवसायीको राजनीतिक पनि सक्रिय छ ।
निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत वैशाख १४ गते कार्यसमितिका सात जना पदाधिकारीमध्ये पाँच जना र १० जना सदस्यमध्ये छ जनाले सामूहिक राजीनामा दिएका थिए ।
संघको विधानको दफा २६ को उपदफा (४) को व्यवस्थाबमोजिम कार्यसमितिका दुईतिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिए कार्यसमिति स्वतः विघटन हुने प्रावधान छ ।
त्यसबीचमा विवाद मिलाउने प्रयास भए पनि सफल नभएपछि वैशाख २८ गते अध्यक्ष गुरुङ नेतृत्वको कार्यसमिति विघटन गरी सोही दिन सल्लाहकारहरुको रोहबरमा प्रबन्ध समिति गठन गरिएको थियो । उक्त समितिले २१ दिनभित्र विशेष साधारणसभा बोलाएर निर्वाचन सम्पन्न गराउनुपर्ने विधानमा उल्लेख छ ।
गुरुङ पक्षले भने निर्वाचन स्वीकार गरेको छैन । स्वार्थ समूहको चलखेलमा निर्वाचन गर्न लागिएको भन्दै यसलाई रोक्न गुरुङ बुधबार नै अदालत पुगेको स्रोतले बतायो । गुरुङले आजै अदालतबाट ‘स्टे अर्डर’ पाउने दाबी गरिरहेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



