Close

Recent Posts

‘बफर स्टेट’ होइन ‘भाइब्रेन्ट ब्रिज’ को नयाँ कुटनीतिमा सरकार

‘बफर स्टेट’ होइन ‘भाइब्रेन्ट ब्रिज’ को नयाँ कुटनीतिमा सरकार
  • १ बैशाख २०८३, मंगलवार २२:०५

काठमाडौं । सरकारले नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने नयाँ कूटनीतिक रणनीति अघि सारेको छ। सरकारले संसदमा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलका घोषणापत्र समेटेर १८ बुँदे राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदा तयार पार्दै उक्त कुरा सार्वजनिक गरेको छ । सरकारले सैन्य गठजोडलाई पूर्ण रूपमा अस्वीकार गर्ने र कूटनीतिक नियोगहरूको ‘परफरमेन्स अडिट’ गर्नेसम्मका नीति सार्वजनिक गरेको छ।

mulpatra

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू–राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्ने सरकारको लक्ष्य छ। यसका लागि सरकारले सन्तुलित र गतिशील कूटनीति अवलम्बन गर्ने घोषणा गरेको छ।

नेपाललाई भू–राजनीतिक चपेटाको ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गरिने मस्यौदामा उल्लेख छ। सम्पूर्ण कूटनीतिको केन्द्रमा ‘नेपाल प्रथमः नेपाली प्रथम’ को अवधारणालाई आत्मसाथ गरिने सरकारको प्रतिबद्धता छ।

mulpatra mulpatra mulpatra

सरकारले कुनै पनि प्रकारका सैन्य गठजोड र हातहतियारको दौडलाई अस्वीकार गरेको छ। ‘कुनैपनि सैन्य गठजोड, हातहतियारको दौड र युद्धले शान्तिलाई वाधा पुर्‍याउँदछ’ भन्ने मान्यतासहित सबैसँग समदुरी र समनिकटताको नीति अवलम्बन गरिने मस्यौदामा उल्लेख छ।

नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित ‘असंलग्न राष्ट्र’ को रूपमा विश्वमञ्चमा स्थापित गरिनेछ।

विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूको कार्यशैलीलाई परिणाममुखी बनाउन सरकारले नयाँ मापन प्रणाली लागू गर्ने भएको छ। नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मा, नियोगको सक्रियता र नतिजा मापन गर्न अबदेखि वैज्ञानिक ‘परफरमेन्स अडिट’ प्रणाली सुरु गरिने मस्यौदामा उल्लेख छ। काम देखाउन नसक्ने नियोग प्रमुखहरूलाई यसले जवाफदेही बनाउनेछ।

Image Source: © https://mulpatra.com

परराष्ट्र सम्बन्धलाई आर्थिक लाभमा बदल्न आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखिएको छ। यसलाई बढावा दिनुका साथै जलवायु परिवर्तन र विश्वव्यापी मुद्दाहरूमा छलफल गर्न विगतमा परिकल्पना गरिएको ‘सगरमाथा सम्वाद’ जस्ता कार्यक्रमलाई निरन्तरता दिइने सरकारको योजना छ।

जलवायु परिवर्तन, हिमालयको संरक्षण, पर्वतीय मुद्दा र भूपरिवेष्ठित राष्ट्रका साझा हितमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त रूपमा उठाइने मस्यौदामा जनाइएको छ। यसैगरी, वैदेशिक रोजगारमा रहेका नेपाली कामदारको हकहित, सुरक्षा र सामाजिक सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग उच्चस्तरमा समन्वय गरिनेछ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com