कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण
काठमाडौं– नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

कार्यवाहक सभापतिको हैसियतमा निरन्तर विज्ञप्ति जारी गरेपछि बुधबार बसेको कांग्रेस अनुसशासन समितिको बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यसअघि चैत १४ गते पार्टीको लेटरहेडको दुरुपयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गते बसेको अनुशासन समितिको बैठकलाई एक पटकका लागि सचेत गराएको थियो ।
![]() |
![]() |
![]() |
|---|
त्यसपछि पुनः चैत ३० गते खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै पार्टी जिम्मेवारीमै रहेको बताएका थिए । साथै, उनले प्रेस विज्ञप्ति पनि जारी गरेका थिए ।
सो कार्य पार्टीको विधान विपरीत भएको भन्दै विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टिकरण सोध्ने निर्णय भएको हो ।



