वाणिज्य बैंक सडक टोल ट्याक्स तिर्ने कार्ड जारी गर्ने पाउने
काठमाडौं– नेपाल राष्ट्र बैंकले सडक उपयोग दस्तुर (टोल ट्याक्स) संकलन प्रक्रियालाई पूर्ण रूपमा डिजिटलाइज गर्ने प्रक्रिया अघि बढाएको छ ।

राष्ट्र बैंकले ’भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ जारी गर्दै ’क’ वर्गका वाणिज्य बैंकहरूलाई सडक टोल संकलनका लागि RFID -Radio Frequency Identification_ Chip मा आधारित प्रिपेड ट्याग वा कार्ड जारी गर्न अनुमति दिएको हो ।
यस व्यवस्थासँगै अब चालकहरूले सडक टोल बुझाउन नगद बोकेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने देखिएको छ ।
![]() |
![]() |
![]() |
|---|
नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनमा यस्तो व्यवसथ भएको छ । हाललाई यो सुविधा ’क’ वर्गका वाणिज्य बैंकहरूले मात्र प्रदान गर्न सक्नेछन् ।
नेपाल सरकारले तोकेका निश्चित सडक तथा सडक खण्डहरूमा चल्ने सवारी साधनहरूका लागि यो कार्ड प्रयोग गरिनेछ । यो कार्ड वा ट्याग सवारी साधनको विन्डसिल्डमा टाँसिनेछ । जसलाई टोल प्लाजामा राखिएको सेन्सरले स्वचालित रूपमा रिड गरी तोकिएको शुल्क काट्नेछ ।
अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेको जस्तै प्रविधिलाई नेपालमा पनि कार्यान्वयनमा ल्याउन यो नीतिले कानुनी बाटो खोलेको छ । यसले विशेषगरी टोल प्लाजा वा सडक दस्तुर संकलन केन्द्रमा हुने ट्राफिक जाम कम हुनेछ ।
Image Source: © https://mulpatra.com
संकलन गरिएको दस्तुर सिधै बैंकिङ प्रणालीमार्फत जाने भएकाले राजस्व संकलनमा पारदर्शिता बढ्नेछ । साना भुक्तानीका लागि पनि डिजिटल माध्यमको प्रयोगलाई प्रोत्साहन मिल्ने देखिएको छ ।
उक्त कार्ड निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्ग, नाकढुंगा नौविसे सुरुङमा समेत प्रयोग हुने देखिएको छ । त्यस्तै, व्यस्त राजमार्गहरू र सहरी क्षेत्रका फ्लाइओभरहरूमा यो प्रविधि प्रभावकारी हुने देखिन्छ ।
वाणिज्य बैंकहरूले अब आफ्ना ग्राहकहरूलाई यो सुविधा प्रदान गर्न आवश्यक प्राविधिक तयारी र सफ्टवेयर विकासको प्रक्रिया सुरु गर्न सक्नेछन् । यसले सवारी धनीहरूलाई भुक्तानीमा सहजता मात्र नभई नेपालको भुक्तानी प्रणालीलाई आधुनिक युगमा प्रवेश गराउने विश्वास लिइएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



