Close

बैंकसँग पैसा छेलोखेलो, कर्जा प्रवाह नभएपछि पैसा तान्दै

बैंकसँग पैसा छेलोखेलो, कर्जा प्रवाह नभएपछि पैसा तान्दै
  • ४ बैशाख २०८३, शुक्रबार १२:११

काठमाडौं– राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूद्वारा संकलित कुल निक्षेपको आकार ७८ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ ।

mulpatra

तर, यसै अवधिमा यता कर्जा लगानी भने ५८ खर्ब ६७ अर्ब रुपैयाँ हाराहारी मात्र हुन सकेको छ । समीक्षा अवधिमा जम्मा ७३.९१ प्रतिशत मात्र सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) कायम गरेका बैंकहरूसँग १२ खर्बमाथि लगानीयोग्य पुँजी रहेको छ ।

तर, कर्जाको माग कम हुँदा लगानी हुन सकिरहेको छैन, जसको दबाबमा यतिबेला बैंक तथा वित्तीय संस्थाहरुसँगै केन्द्रीय बैंकमा समेत परेको छ ।

mulpatra mulpatra mulpatra

नेपाल राष्ट्र बैंकले आज बजारबाट १ खर्ब रुपैयाँ नगद तान्ने भएको छ ।

बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत शुक्रबार ५६ दिनका लागि १०० अर्ब रुपैयाँ नगद प्रशोचन गर्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । बैंकहरूको अधिक तरलता व्यवस्थापनमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गरिहेको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com