Close

Recent Posts

संघको अध्यक्षमा चर्चित अनुहारकै चर्चा: स्वतन्त्र व्यवसायीलाई चुनौती दिन पुरानाका युवा मैदानमा, भुवनको लिँडे ढिपी कायमै

संघको अध्यक्षमा चर्चित अनुहारकै चर्चा: स्वतन्त्र व्यवसायीलाई चुनौती दिन पुरानाका युवा मैदानमा, भुवनको लिँडे ढिपी कायमै

राजनीतिक शक्ति समीकरणकै लागि ओलीलाई भेट्न पुगे प्रचण्ड, तत्काल सम्भव छ?

राजनीतिक शक्ति समीकरणकै लागि ओलीलाई भेट्न पुगे प्रचण्ड, तत्काल सम्भव छ?
  • ४ बैशाख २०८३, शुक्रबार १२:१९

काठमाडौं– नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच एकताको छलफलले निरन्तरता पाइरहेको छ ।

mulpatra

गत फागुन २१ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुनुअघिदेखि दुई दलमा वाम एकताको विषयले प्राथमिकता पाएको थियो ।

त्यसयता दुवै दल तेस्रो तहका नेता हुँदै नेतृत्व तहसम्म यस विषयमा छलफल भइरहेको बताइएका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

mulpatra mulpatra mulpatra

ओलीलाई भेट्न बिहीबार साँझ प्रचण्ड त्रिवि शिक्षण अस्पताल पुगेका थिए । पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरेर अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका ओलीलाई भेट्न प्रचण्ड हस्पिटल नै पुगेका हुन् ।

भेटमा प्रचण्डले ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए । उनीहरुबीच पछिल्लो विकसित राजनीतिक तथा समसामयिक विषयमा पनि छलफल भएको छ । आ–आफ्ना नेताको सन्देश बोकेर दुवै दलका नेताहरु ओली र प्रचण्डलाई भेटेका थिए । जसले दुई शीर्ष नेताबीचको भेट जुराएको हो ।

माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेकपाका नेताहरुलाई एमालेका नेताहरुले भेटेका थिए । यस्तै, शुक्रबार पनि एमालेकै एक पदाधिकारीले प्रचण्डलाई भेटेर पार्टी एकताको वातावरण बनाउने विषयमा छलफल भएको छ ।

Image Source: © https://mulpatra.com

एमाले र नेकपाबीच एकता गरेर संघीय संसदमा आफूहरुलाई बलियो शक्तिको रुपमा उभ्याउने दुवै दलको रणनीति देखिन्छ । हालै सम्पन्न निर्वाचनले प्रतिरक्षामा पु¥याइएका एमाले र नेकपाबीच पार्टी एकताको विषयले घनिभूत छलफल पाएको हो । दुवै दल एकता भएमा प्रतिनिधिसभामा कांग्रेसलाई पछि पारेर प्रमुख प्रतिपक्षी दलको हैसियत पाउनेछ ।

सरकारले आफूहरुमाथि धरपकड गर्न थालेको बुझेका एमाले, नेकपा मात्रै होइन कांग्रेससहित पुराना भनिएका दलहरु अहिले रक्षात्मक अवस्था छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com