श्रम मन्त्रालयको निर्देशन– रोजगार सम्झौता नगरी कसैलाई पनि काम नगराउनू
काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काम नगर्न÷ नगराउन सरोकारवालालाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक÷स्वास्थ्यकर्मी÷नर्सिङ स्टाफलगायत कर्मचारीहरूका साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको, प्रचलित कानुनले तोकेकोभन्दा बढी समय काममा लगाइएको भन्ने उजुरी परेको थियो ।
सोही उजुरीका विषयमा गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयको जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
‘श्रम ऐन, २०७४ को दफा २ (ढ)मा ‘रोजगार सम्झौता’ भन्नाले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच भएको सम्झौता सम्झनुपर्छ’ र सो शब्दले ‘रोजगारदाताले श्रमिकलाई दिएको नियुक्तिपत्रसमेतलाई जनाउँछ’ भन्ने व्यवस्था छ ।
कानुनबमोजिम प्रतिदिन आठ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने, बढी समय काम गर्न बाध्य पार्न नहुने र बढी समय काममा लागउन परेमा प्रतिदिन चार घण्टा र एक हप्तामा २४ घण्टाभन्दा बढी नहुने गरी लगाउन सकिने भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले प्रचलित कानुनको पूर्णपालना गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ । साथै, यसविपरीत कार्य गरेको पाइएमा श्रम ऐन, २०७४ बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



