वीरगन्जमा बिहानै देखि डोजर, सयौं घर, टहरा भत्काइँदै

वीरगन्जमा बिहानै देखि डोजर, सयौं घर, टहरा भत्काइँदै
  • ६ बैशाख २०८३, आईतवार ०८:१८

त्रिभुवन राजपथ विस्तारका लागि भन्दै वीरगन्जको मेनरोडमा बिहान झिसमिसे देखि डोजर चलाएर घरहरु भत्याइएको छ । मेनरोड विस्तार गर्न भन्दै सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा आइतबार बिहानैदेखि सडक दायाँ(बायाँका घरहरूमा डोजर चलाइएको हो।

mulpatra

बिहान साढे ४ बजे देखि १० वटा जेसीबी, डोजर प्रयोग गरि घर, सटरहरु भत्काउन थालेपछि बल्ल स्थानीयले थाहा पाएका थिए । सडक विभागले गण्डक चोकदेखि वीरगञ्ज रक्सौल सीमामा पर्ने मितेरी पुलसम्म सडक विस्तारका लागि संरचनाहरू भत्काइने कार्यालयले जनाएको छ ।

मुख्य सडकको केन्द्रदेखि दायाँ–बायाँ २५र२५ मिटरभित्र पर्ने सबै संरचना हटाउन शनिवार माइकिङ गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले समेत सुचना जारी गरि खाली गर्न भनेको थियो ।

mulpatra mulpatra mulpatra

२०६९ सालमै तत्कालीन नेपाल सरकारको निर्णय अनुसार सडक विभागले वीरगन्जको मेनरोड विस्तारका लागि सडकको मध्यभागबाट दायाँ–बाँया दुवै तर्फ २५र२५ मिटरभित्र पर्ने भौतिक संरचना खाली गर्न सूचना निकालेको थियो।

तर ‘वीरगञ्ज बजार बचाउ संघर्ष समिति’ मार्फत सर्वोच्च अदालतमा मुद्धा समेत दायर भएपछि तत्कालिन रुपमा काम गर्न रोक लागेको थियो ।