विभाग भन्छ: खाडीको नयाँ श्रम स्वीकृति सकभर चाँडै खुल्छ, अहिलेसम्म खुलेको छैनअध्यक्षले खुल्यो भन्दै काम देखाउन भ्रम फैलाए
काठमाडौं–मध्येपुर्वको तनावका कारण रोकिएको खाडीका देशको नयाँ श्रम स्वीकृति खुलेको चर्चा म्यानपावर व्यवसायीमाझ छ ।

वैदेशिक रोजगार विभागले भने हालसम्म कुनै पनि त्यस्तो निर्णय नभएको जनाएको छ । तर विभागले श्रम स्वीकृति खुलाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले जानकारी दिए ।
सकभर आज–भोली नै यो समस्या समाधान गर्ने विषयमा छलफल समेत भएको उनको र परराष्ट्रसँग भएको मिटिङमा खाडीका देशको श्रम स्वीकृति खुलाउन प्रस्ताव गरेको उनले बताइन् । ‘परराष्ट्रबाट श्रम मन्त्रालयमा निर्णय आएपछि हामीले खाडीका देशमा श्रम स्वीकृति खुलाउने हो । अहिलेसम्म खुलेको छैन । तर सकभर चाँडै खाडीका देशमा नयाँ श्रम स्वीकृति सुचारु हुन्छ ।’ उनले भनिन ।
![]() |
![]() |
![]() |
|---|
सरकारलाई यो समस्या कामय राखे रोजगारी गुम्ने विषयमा समेत परराष्ट्रसँग भएको बैठकमा छलफल गरेको र यो समस्या चाँडै समाधान हुने उनको भनाइ छ ।
आजनै खुल्न पनि सक्छ । नत्र यो समस्या भोलीसम्म समाधान हुने उनको भनाइ छ । वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङले खाडीका देशको श्रम स्वीकृति खुलेको भन्दै आफनो फेसबुकमार्फत व्यवसायलाई जानकारी गराएका छन् ।
गुरुङले श्रममन्त्री राम जी यादवको कार्यकक्ष अगाडी उभिएको फोटो हाल्दै श्रममन्त्रीसँग भेटेर छलफल नै गरेजस्तो गरी श्रम स्वीकृति खुलेको झुटो भ्रम व्यवसायीमा खुल्नुअघि नै फैलाए ।
Image Source: © https://mulpatra.com
हिजोदेखिनै उनले यस्तो बनाइरहेको विषयमा आफुहरुले पनि नोट गरिरहेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
तर यसमा कुनैपनि आधिकारिता नभएको विभागले जनाएको छ । सरकारले कि संघले हो श्रम स्वीकृति खुलाउने भने उनले प्रश्न गरे । कतिपय विषयमा संघका अध्यक्षकै कारण पनि काम गर्ने समस्या भइरहेको श्रम मन्त्रालय र विभागका कर्मचारीले गुनासो गदै आएका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



