पार्टीले गर्ने हरेक निर्णयको पालना गर्छु, अनुसन्धानमा समेत सहयोग गर्ने सुदनको स्पष्टीकरण
काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर सार्वजनिक भएका सेयर लगानीसम्बन्धी विवादका विषयमा स्पष्टीकरण दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका हुन् ।
मन्त्री गुरुङले आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने र पार्टीले गर्ने हरेक निर्णयलाई शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफूले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने चर्चाको खण्डन गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको लगानी स्पष्ट उल्लेख गरिएको जिकिर गरेका छन्।
![]() |
![]() |
![]() |
|---|
स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही विवरणभित्रै समेटिएको बताउँदै उनले यो लुकाउने विषय नभई वर्गीकरणको मात्र सवाल भएको स्पष्ट पारेका छन्। लुकाउने मनसाय भएको व्यक्तिले २ करोडभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक रूपमा नदेखाउने उनको दाबी
मन्त्री हुनुअघि नै सेयर खरिद गरिएको र उक्त लगानीको स्रोत २०८० भदौ २९ गते गरिएको ऋण (कर्जा) को तमसुक रहेको उनले खुलाएका छन् । सबै कारोबार बैंकिङ प्रणालीमार्फत नै भएकाले यसको प्रमाण सुरक्षित रहेको उनले उल्लेख गरेकँ छन् । विवादित व्यक्तिसँग दीपक भट्टसँग साझेदारी भनिएको विषयमा टिप्पणी गर्दै उनले एउटै कम्पनीमा सयौँ सेयरधनी हुने भएकाले सेयर किन्नुलाई सबैसँगको व्यक्तिगत साझेदारी मान्न नहुने तर्क गरेका छन् ।
व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन
Image Source: © https://mulpatra.com
गृहमन्त्री गुरुङले व्यापारिक लगानी गर्दा भविष्यमा आउन सक्ने सबै उतारचढाव वा अवस्था पहिल्यै अनुमान गर्न नसकिने बताएका छन् । ‘व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन, हरेक लगानीमा जोखिम हुन्छ,ु उनले भनेका छन् । पछि घटेका घटनाका आधारमा पहिले गरिएको लगानीको निर्णयलाई दोषी ठह¥याउनु न्यायोचित नहुने उनको तर्क छ।
‘स्वार्थको द्वन्द्वु को आरोपका विषयमा स्पष्ट पार्दै उनले यस विषयको छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको जानकारी दिएका छन् । यदि आफूले पदको प्रभाव वा हस्तक्षेप गरेको भए छानबिन प्रक्रिया नै अघि नबढ्ने दाबी गर्दै उनले अनुसन्धान चलिरहनुले नै प्रभाव नरहेको पुष्टि गर्ने बताएका छन् ।
शहीदहरूको बलिदान र ‘जेनजी आन्दोलनको मर्मप्रति आफू जिम्मेवार रहेको उल्लेख गर्दै उनले हल्लाका पछि नलागी प्रमाणका आधारमा निर्णयमा पुग्न सबैलाई आग्रह गरेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



