Close

Recent Posts

पहिला रविले ‘हुन्न हुन्न’भन्दा बालेनले गृहमन्त्री बनाए, अहिले बालेन ‘हुन्न हुन्न’ भन्छन् रवि सुन्दैनन्

बालेन–रवि सुदनका बारेमा जानकार थिए

पहिला रविले ‘हुन्न हुन्न’भन्दा बालेनले गृहमन्त्री बनाए, अहिले बालेन ‘हुन्न हुन्न’ भन्छन् रवि सुन्दैनन्बालेन–रवि सुदनका बारेमा जानकार थिए
  • ७ बैशाख २०८३, सोमबार १५:१९

काठमाडौं– गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएको प्रमाण बाहिरिएको छ । यस विषयमा उनले मुख पनि खोलि सकेका छन् ।
फेसबुकमा यसबारे जवाफ दिँदै पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्ने बताएका छन्।

mulpatra

उनले भनेका छन्, ‘अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु । सहिदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन ।’

तर अहिले उनलाई गृहमन्त्रीबाट हटाउन सामाजिक सञ्जालमा दबाब नै सिर्जना भएपछि प्रधानमन्त्री बालेन शाहले आफुनिकट नेताहरुसँग छलफल गरे । गुरुङलाई हटाउन उनीनिकट नेताहरुले सल्लाह समेत दिए ।

mulpatra mulpatra mulpatra

तर बालेनको निर्णयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तगारो बन्ने देखिन्छ ।

पहिला सरकार बनाउँदा रविले सुदनलाई गृहमन्त्री बनाउनु हुँदैन भनेपनि बालेन हुन्छ भनेर उनीलाई गृहमन्त्री बनाएको राश्वपाका एक संसद्ले जानकारी दिए ।

उनका अनुसार लामिछानेले पटक–पटक ‘हुन्न हुन्न’ भन्दा पनि वरिष्ठ नेताज्यूले अडान नछाडेपछि यस्तो सहमतिमा पुगेको उनी बताउँछन् ।

Image Source: © https://mulpatra.com

उनका अनुसार सुदनका बारेमा रवि–बालेन दुवैलाई थाहा थियो । अनि सुदनले बालेन र रवि दुवैसँग संगत गरेको समेत उनले बताए । अहिले रवि लामिछाने नै सुदनलाई हटाइ हाल्नुपर्छ भन्ने छैनन् । तर बालेन भने विवादित मान्छे हटाउनुपर्छ भन्ने पक्षमा छन् । अहिले प्रधानमन्त्री र पार्टी सभापतिबीच केही नमिलेजस्तो देखिन्छ ।’ उनले भने ।

यता आफू विवादमा तानिएपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन् । बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गरिनु उचित नभएको तर्क गर्दै ‘आरोप र सत्य एउटै कुरा होइनन्’ भनेका छन् । तर अहिले यति भन्दैमा जनताले सुन्ने वाला छैन । जसका कारण तत्काल निर्णय लिनुपर्ने दबाब बालेन–रवि दुवैमा छ ।

अहिले सुदनका विषयमा प्रधानमन्त्री र रविबीच नै द्वन्द्व हुने अवस्था आयो । जसका कारण उनलाई कारवाही गर्दा उचित हुने बालेनको बुझाइ छ । भने रवि अनुसन्धान गरेर मात्र कारवाही गर्नुपर्छ भन्नेमा रहेको यी संसद्को भनाइ छ ।

सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार विवादित र अनुसन्धानको दायरामा रहेका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको तथ्य बाहिरिएपछि रास्वपाभित्रै गृहमन्त्री गुरुङको राजीनामाको माग उठेको छ । आजै पूर्वघोषित केन्द्रीय समितिको बैठक बस्ने तयारी छ भने उक्त बैठकमा सुधनको विषयमा पनि छलफल हुने उनले बताए ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com