खाडीका देशको नयाँ श्रम स्वीकृति खुल्यो
काठमाडौं- सरकारले खाडीका देशको श्रम स्वीकृति खुलाएको छ । वैदेशिक रोजगार विभागले एक सुचना जारी गदै सोमबार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली कामदारको अन्तिम र पुनः श्रम स्वीकृति खुलाएको हो ।

मन्त्रालयका अनुसार ती देशहरूमा कार्यरत श्रमिकहरू बिदामा नेपाल आएका बेला श्रम स्वीकृतिको अवधि समाप्त भइ पुनः फर्किन समस्या भएको भन्दै विभिन्न माध्यमबाट माग आएपछि सरकारले यस्तो निर्णय गरेको हो । अब नयाँ पुराना दुवै श्रम स्वीकृति खुलाएको विभागको विज्ञप्तीमा भनिएको छ ।

