Close

Recent Posts

गृहमन्त्री सुदन गुरुङसँग लिए प्रधानमन्त्री बालेनले लिखित स्पष्टीकरण

गृहमन्त्री सुदन गुरुङसँग लिए प्रधानमन्त्री बालेनले लिखित स्पष्टीकरण
  • ८ बैशाख २०८३, मंगलवार ०९:४२

काठमाडौं । बिचौलिया तथा विवादास्पद व्यापारीहरुको साँठगाँठमा जोडिएको भन्दै गृहमन्त्री सुदन गुरुङसँग प्रधानमन्त्री बालेन शाहले लिखित स्पष्टीकरण लिएका छन्।

mulpatra

सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका बिचौलिया दिपक भट्ट र शंकर ग्रुपका शुलभ अग्रवाल लगायतसँग गृहमन्त्रीको साँठगाँठ र उनीहरुको लगानी रहेको कम्पनीको शेयर केही दिनअघि मात्रै गृहमन्त्री गुरुङले खरिद गरेको तथ्य बाहिरिएको थियो ।

त्यतिमात्र होइन सरकारलाई बुझाएको सम्पत्ति विवरण समेत लुकाएको प्रमाणीत भएपछि उनले ऋण लिएर खरिद गरेको तमसुक समेत सार्वजनिक गरेका थिए । व्यक्तिगत सम्पत्ति खरिद विक्री मात्र होइन अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने चौतर्फी माग उठ्न थालेको थियो सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको, सम्पत्ति शुद्धीकरणको अभियोगमा हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएको भन्दै प्रश्न गृहमन्त्री गुरूङमाथि प्रश्न उठेको थियो।

mulpatra mulpatra mulpatra

विवादास्पद व्यापारी जोडिएको करोडौको कम्पनीको शेयर खरिद गर्नु, दोश्रो बजारमा समेत करोडौ लगानी हुनु र सम्पत्ति विवरण बुझाउँदा ती कुरा लुकाइनुले गुरुङमा प्रश्न चिन्ह खडा भएपछि प्रधानमन्त्री शाहले लिखित स्पष्टीकरण लिएका हुन् ।

प्रधानमन्त्री बालेन शाहको गुरुङका व्यापार बारे सार्वजनिक भएको विषयको ध्यानाकरण भएको भन्दै प्रधानमन्त्री सचिवालयले स्पष्टीकरण लिने जानकारी दिएको थियो । सचिवालयका अनुसार गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाएका हुन्।