जनसंगठनले आयोजना गरेको ब्यानरमा ओलीको फोटो राखिएन

जनसंगठनले आयोजना गरेको ब्यानरमा ओलीको फोटो राखिएन
  • ८ बैशाख २०८३, मंगलवार १२:१६

काठमाडौं– नेकपा एमालेले सार्वजनिक कार्यक्रम र पार्टी प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको फोटो राख्न छाडेको छ ।

mulpatra

कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने सर्कुलर नै गरिएको थियो ।

पार्टीको सचिवालय बैठकले २ वर्षअघि सार्वजनिक कार्यक्रमका ५ बुँदे मापदण्ड तयार पार्दै सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो ।

mulpatra mulpatra mulpatra

यो निर्णयसँगै एमालेलाई ओलीले आफ्नो कम्पनी बनाउन खोजेको आरोप पनि लाग्यो । अहिले फेरि एमाले कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल, तत्कालीन महासचिव मदन भण्डारी र अध्यक्ष मनमोहन अधिकारीको तस्बिरमा फर्किएको छ ।

एमालेले भोलि कम्युनिष्टको पार्टीको ७७औँ स्थापना दिवस मनाउँदैछ । महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको स्थापना दिवसको प्रचार सामग्रीमा पनि पुष्पलाल, मदन र मनमोहनको मात्र तस्बिर छ । यसअघिका प्रचार सामग्रीमा ओलीलाई हाइलाइट्स गर्ने गरिएकोमा अहिले उनको तस्बिर नै छैन ।

फागुन २१ को चुनावमा पनि ओलीनिकटकै पदाधिकारी र अधिकांश एमाले उम्मेदवारले चुनावी प्रचार सामग्रीमा ओलीको फोटो राख्ने आँट गरेनन् ।

Image Source: © https://mulpatra.com

ओलीले नेतृत्व छाडेर पार्टी पुनर्गठन गर्नुपर्ने आवाज उठिरहँदा पार्टी प्रचार सामग्रीबाट ओलीको फोटो हटाइनुलाई आन्तरिकरूपमा अर्थपूर्ण मानिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com