साम्पाङ भन्छन्, गृहमन्त्रीको नयाँ के–के सुनिन्छ, राजिनामा दिए उचित होला
काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाएका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने बताए ।
सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि गृहमन्त्री विवादमा तानिएका छन् ।
![]() |
![]() |
![]() |
|---|
त्यसबारे उनले भने, ‘उहाँको जहिल्यै पनि नयाँ नयाँ के के सुनिराखिन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। तर हप्तामा दुई तीन पटक नै सुनिन्छ घरी के घरी के ? त्यसैले मार्ग प्रशस्त गर्नु नै राम्रो हुन्छ ।’
उनले सरकारको नजिकबाट प्रश्नसहितको सहयोगी र आलोचक बन्न चाहेको बताए।



