सुदन किरातीले प्रलोपाको साधारण सदस्य समेत त्यागे
काठमाडौं– पूर्वमन्त्री सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो सम्पूर्ण औपचारिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् ।

अध्यक्ष परिषद् सदस्यबाट केही समयअघि राजीनामा दिएका उनले अब साधारण सदस्य समेत नरहने निर्णय सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले करिब पाँच महिनाको राजनीतिक यात्रापछि पार्टी छाड्ने निष्कर्षमा पुगेको बताएका छन् । उनले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, साथ दिने साथीहरूप्रति आभार व्यक्त गर्दै प्राप्त अनुभवलाई ‘अमूल्य सम्पत्ति’ का रूपमा लिएको उल्लेख गरेका छन्।
![]() |
![]() |
![]() |
|---|
किरातीले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि व्यक्तिगत रूपमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध भने कायम रहने विश्वास व्यक्त गरेका छन् । साथै, जनताको भरोसा र सहिदहरूको अधूरो सपना पुरा गर्ने प्रतिबद्धताबाट आफू पछि नहट्ने स्पष्ट पारेका छन्।
‘मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ, तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु,’ उनले लेखेका छन्।



