पुर्ण युद्धविराम हुन नाकाबन्दी अन्त्य हुनुपर्ने इरानको भनाई

पुर्ण युद्धविराम हुन नाकाबन्दी अन्त्य हुनुपर्ने इरानको भनाई
  • १० बैशाख २०८३, बिहीबार ०८:५२

मध्यपुर्वमा जारी ईरान अमेरिका युद्धका बीच दोश्रो चरणको वार्ताको तयारी भइरहेको बेला इरानले नाकाबन्दी अन्त्यको सर्त अघि सारेको छ । पाकिस्तानमा भएको पहिलो चरणको वार्ता असफल भएको थियो ।

mulpatra

हाल वार्ताका लागि युद्धविराम भइरहे पनि इरानी जहाजहरुमा आक्रमण जारी रहेको कारण होर्मुज जलडमरू पुर्ण खुल्ला नहुने ईरानी संसदका सभामुख मोहम्मद बाकेर गालिबाफले बताएका छन्।

गालिबाफले अमेरिकी नाकाबन्दीले ईरानी बन्दरगाहहरूलाई निशाना बनाइरहेको र यसले विश्व अर्थतन्त्रलाई बन्धक बनाएको अवस्थामा पूर्ण युद्धविराम सम्भव नभएका बताएका हुन ।

mulpatra mulpatra mulpatra

अमेरिकी नाकाबन्दी अन्त्य भए मात्र युद्धविराम सम्भव हुनेछ र पुर्ण रुपमा होर्मुज खुल्ने इरानले बताए पनि भोलि शुक्रबारका लागि वार्ताको तयारी भइरहेको विभिन्न सन्चार माध्यमले जनाएका छन् ।

यता ट्रम्पले ईरानसँगको शान्ति वार्ताको दोस्रो चरणबारे शुक्रबारसम्म राम्रो खबर आउन सक्ने बताएका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com