ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ– विल्कुलै गलत
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सत्तासंरचना कमजोर र विभाजित भइसकेको दाबी गरेका छन् ।तर,सीएनएनको एक विश्लेषणअनुसार इरानको आन्तरिक अवस्था ट्रम्पले देखाएजस्तो सरल नभई निकै जटिल र बहुपक्षीय छ ।

ट्रम्पले हालैको अभिव्यक्तिमा इरानभित्र सत्ता संघर्ष तीव्र भएको र शासन प्रणाली भत्किन लागेको दाबी गरेका थिए । उनले इरानका नेताहरूबीच गहिरो मतभेद रहेको दाबी गर्दै यसले क्षेत्रीय अवस्थालाई असर पार्न सक्ने बताएका थिए ।
तर, सीएनएनका अनुसार इरानको राजनीतिक संरचना बहुस्तरीय र मजबुत छ, जहाँ सर्वोच्च नेता, इस्लामिक रिभोलुसनरी गार्ड (क्ष्च्न्ऋ) र निर्वाचित सरकारबीच शक्ति सन्तुलन कायम छ।
![]() |
![]() |
![]() |
|---|
यद्यपि आन्तरिक असन्तुष्टि, आर्थिक दबाब र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण केही तनाव देखिए पनि यसलाई ‘पूर्ण विघटन’ का रूपमा व्याख्या गर्न नमिल्ने विश्लेषकहरू बताउँछन् ।
विशेषज्ञहरूका अनुसार इरानमा समय–समयमा शक्ति केन्द्रहरूबीच मतभेद देखिए पनि बाह्य दबाबका बेला ती शक्ति प्रायः एकजुट हुने प्रवृत्ति रहेको छ। यसैले ट्रम्पको दाबी राजनीतिक दृष्टिकोणबाट प्रेरित हुन सक्ने र वास्तविक अवस्थालाई पूर्ण रूपमा प्रतिनिधित्व नगर्ने टिप्पणी गरिएको छ।
सीएनएनले इरानको वर्तमान अवस्थालाई ‘आन्तरिक चुनौती र बाह्य दबाबबीच सन्तुलन खोजिरहेको प्रणाली’ का रूपमा चित्रण गरेको छ, जहाँ असन्तुष्टि र स्थायित्व दुवै पक्ष एकैसाथ देखिन्छन् ।
Image Source: © https://mulpatra.com
इरानले वार्ता पुनः सुरु हुनुअघि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएको छ, र धेरै विश्लेषकहरूले नेतृत्वलाई बाहिर देखाइएजस्तो विभाजित नभई अझ बढी एकजुट रहेको बताएका छन् ।
कतारस्थित जर्जटाउन विश्वविद्यालयका सरकारी मामिलाका प्राध्यापक मेहरात कमराभाले सीएनएनकी बेकी एन्डरसनसँग भने– मलाई लाग्छ, यो इरानी नेतृत्वको बारे गम्भीर गलत बुझाइ हो । नेतृत्व पर्याप्त रूपमा एकताबद्ध छ, र हामीले यो युद्धको सञ्चालन र वार्ताको प्रक्रियामा देखिसकेका छौँ।
युद्ध सुरू हुनुअघि नै आयातोल्लाह अली खामेनेईको नेतृत्वमा इस्लामिक गणतन्त्र इरानले आफ्ना स्पष्ट “रेड लाइन”हरू निर्धारण गरेको थियो–युरेनियम समृद्धीकरणको अधिकार, क्षेप्यास्त्र विकासलाई निरन्तरता दिने र आफ्ना प्रतिनिधि (प्रोक्सी) समूहहरूलाई समर्थन गर्ने जस्ता विषयहरू। यी मागहरूलाई उसले ट्रम्प प्रशासनसँग भइरहेको वर्तमान वार्तामा पनि निरन्तरता दिएको छ।
इरानको राजनीतिक नेतृत्वले आन्तरिक खिचातानी भएको भन्ने समाचारहरूलाई खण्डन गर्न र देशका सैन्य लक्ष्य तथा वार्ताको रणनीतिमा एकीकृत धारणा प्रस्तुत गर्न विशेष प्रयास गरिरहेको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



