ट्रम्पले एकतर्फी आक्रमण रोकेपछि इरानद्वारा हर्मुजमा दुई जहाज कब्जा
काठमाडौं–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अनिश्चितकालका लागि आक्रमणको निर्णय फिर्ता लिएको केही समयमै इरानले हर्मोज जलसन्धिमा दुईवटा जहाजहरू आफ्नो नियन्त्रणमा लिएको छ।

शान्ति वार्ता पुनः सुरु हुने कुनै संकेत नदेखिएको बेला सामरिक रूपमा महत्वपूर्ण यस जलमार्गमा इरानले आफ्नो पकड थप बलियो बनाएको हो ।
स्थानीय सुरक्षा निकायका अनुसार समुद्री नियमहरूको उल्लंघन गरेको आरोपमा दुईवटा जहाजहरूलाई नियन्त्रणमा लिई इरानी तटतर्फ लगिएको छ। फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएयता इरानले यसरी जहाजहरू कब्जा गरेको यो पहिलो पटक हो । यसअघि एक सुरक्षा एजेन्सीले सोही क्षेत्रमा तीनवटा जहाजहरूमाथि गोली प्रहार भएको जानकारी दिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
मंगलबार राति सामाजिक सञ्जालमार्फत जारी गरेको एक विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले पाकिस्तानी मध्यस्थकर्ताहरूको अनुरोध स्वीकार गरेको बताए । उनले लेखे, “इरानका नेता र प्रतिनिधिहरूले एउटा एकीकृत प्रस्ताव नल्याएसम्म र छलफलहरू कुनै न कुनै निष्कर्षमा नपुगेसम्म हामी इरान विरुद्धको आक्रमणलाई केही समयका लागि थाँती राख्न सहमत भएका छौँ ।”
समुद्रमा घेराबन्दी !
राष्ट्रपति ट्रम्पले एकतर्फी रूपमा युद्धविरामको घोषणा गरे तापनि इरानको समुद्री व्यापारमा लगाइएको अमेरिकी नौसेनाको घेराबन्दी भने जारी राख्ने बताए। यसअघि शनिबार अमेरिकी सेनाले एउटा इरानी मालवाहक जहाजमाथि आक्रमण गरी कब्जामा लिएको थियो भने मंगलबार हिन्द महासागरमा एउटा विशाल तेल ट्याङ्करमा छापा मारेको थियो।
इरानले अमेरिकी घेराबन्दीलाई युद्धकै एक हिस्सा मान्दै आएको छ। विश्वव्यापी ऊर्जा संकटको कारण बनेको हर्मोज जलसन्धि इरानले तबसम्म नखोल्ने बताएको छ, जबसम्म अमेरिकाले आफ्नो समुद्री अवरोध हटाउँदैन।
Image Source: © https://mulpatra.com
यसैबीच, युद्धरत पक्षहरूलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानले गरिरहेको प्रयासमा धक्का लागेको छ। दुई साता लामो युद्धविरामको समय सकिनुअघि मंगलबार इस्लामावादमा तय गरिएको अन्तिम चरणको वार्तामा दुवै पक्ष सहभागी भएनन्। वार्ताका लागि इस्लामावादको एउटा विलासी होटल खाली गराइएको थियो, तर इरानले सार्वजनिक रूपमा निमन्त्रणा स्वीकार गरेन भने अमेरिकी प्रतिनिधिमण्डल वासिङ्टनबाट प्रस्थान नै गरेन।
तयारीका बारेमा जानकारी दिँदै एक अधिकारीले भने, “हामीले सबै तयारी गरेका थियौँ। वार्ताका लागि मञ्च तयार थियो। इरानीहरूले कहिल्यै अस्विकार गरेका थिएनन्, उनीहरू सहभागी हुन तयार थिए र अझै पनि छन्। इमानदारीपूर्वक भन्नुपर्दा यो हामीले अपेक्षा नगरेको एउटा असफलता हो।”
व्यापारिक मार्गमा जोखिम
इरानको राजधानी तेहरानबाट प्राप्त प्रतिक्रियाहरूले ट्रम्पको घोषणालाई आशंकाको नजरले हेरिएको संकेत गरेका छन्। इरानले युद्धविरामको समय बढाउन कुनै अनुरोध नगरेको र अमेरिकी घेराबन्दी तोड्न बल प्रयोग गर्ने चेतावनी दोहो¥याएको छ। इरानी वार्ता टोलीका एक सल्लाहकारले ट्रम्पको यो कदमलाई एउटा चाल मात्र हुन सक्ने बताए।
युद्धका कारण हर्मोज जलसन्धि लगभग ठप्प जस्तै छ। विश्वको झन्डै २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास यही बाटो भएर ढुवानी हुने गर्दछ। बुधबार कम्तीमा तीनवटा कन्टेनर जहाजहरूले जलसन्धिमा आफूहरूमाथि गोली प्रहार भएको जानकारी दिएका छन्।
एउटा जहाजका चालकले ओमानको उत्तर–पूर्वी क्षेत्रमा इरानी डुङ्गाहरूले आफूलाई घेरेको र रकेटबाट आक्रमण गरेको बताए। आक्रमणबाट जहाजको महत्वपूर्ण भागमा क्षति पुगेको भए तापनि मानवीय क्षति भने भएको छैन।
इरानले आफ्नो जहाजहरू रोक्ने अमेरिकी कदमलाई “समुद्री डकैती र राज्य प्रायोजित आतंकवाद” को संज्ञा दिएको छ। विशेषगरी शान्ति वार्ता सुरु हुनुभन्दा केही घण्टा अघि मात्र सिंगापुर जान लागेको इरानी ट्याङ्करमा गरिएको हस्तक्षेपले तनावलाई थप चर्काएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



