महान्यायाधिवक्ता कार्यालयको निवेदन परेपछि रविविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

महान्यायाधिवक्ता कार्यालयको निवेदन परेपछि रविविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
  • १० बैशाख २०८३, बिहीबार १३:१६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने माथि लागेको मुद्धा संशोधन गर्ने महान्यायधिवक्ता कार्यालयको निर्णय विरुद्धको रिटमाथि आज सुनुवाई नहुने भएको छ । न्यायाधीश नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासमा आज हेर्ने गरि तोकिएको पेशी स्थगित गर्न महान्यायाधिवक्ता कार्यालयकाले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

mulpatra

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेविरुद्ध यसअघिको सरकारका पालामा लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध लगाइएको अभियोग संशोधनको निर्णय गरेकी थिइन्।

महान्यायाधिवक्ता कार्यालयको निर्णय खारेज गरि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग लगाउन पुनः रिट परेको थियो । सो रिटमा न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा भएको सुनुवाइपछि संवैधानिक जटिलताको प्रश्न देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश भएको थियो ।

mulpatra mulpatra mulpatra

महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले अध्ययन गर्न समयको अभावमा मुद्दा स्थगित गरिएको जानकारी गराए ।