राष्ट्रपति कार्यालयको हेलिप्याड लगायत संरचना विस्तार गर्न लिइएको जग्गा फिर्ता गर्यो सरकारले
काठमाडौं । पुर्व सरकारले गरेको निर्णय विपरित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई नदिने भएको छ । आज बसेको मन्त्रीपरिषद बैठकले महाराजगञ्जस्थित ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै कायम रहने निर्णय गरेको छ।

तत्कालिन सरकारले २०७५ सालमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयको नाममा रहने निर्णय गरेको थियो । सो निर्णय उल्टाउँदै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै नाममा रहने गरि निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन् ।
राष्ट्रपति कार्यालय रहेको शितल निवासलाई पर्याप्त जग्गा नभएको भन्दै सरकारले प्रहरी प्रतिष्ठानको नाममा रहेको जग्गा राष्ट्रपति कार्यालयलाई दिने र प्रहरी प्रतिष्ठान अन्यत्र सार्ने गरि उक्त निर्णय गरेको थियो । उक्त जग्गामा राष्ट्रपति कार्यालयले हेलिप्याड निर्माण लगायत अन्य संरचना बनाउने निर्णय समेत गरेको थियो ।
![]() |
![]() |
![]() |
|---|



