आईजीपी कार्कीले भने सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा समस्या भयो
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नहुँदा आपराधिक अनुसन्धानमा गम्भीर समस्या भइरहेको बताएका छन्।

फेसबुक, इन्टाग्राम, वाट्सअप जस्ता सामाजिक सन्जाल दर्ता नहुँदा आवश्यक विवरण प्राप्त गर्न ढिलाइ हुने भएकाले गम्भिर प्रकृतिका अपराधमा समेत अनुसन्धान गर्न अप्ठेरो रहेको बताएका हुन् ।
संवेदनशील घटनामा र अपराधका केसमा अनुसन्धानका लागि रिपोर्ट लिनै एक हप्ता वा सोभन्दा बढी समय लाग्ने गरेको र नेपालमा ती प्लेटफर्महरूको आधिकारिक उपस्थिति नहुँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने गरेको उनको भनाइ छ।
![]() |
![]() |
![]() |
|---|
“हामीसँग प्रत्यक्ष नेटवर्क नहुँदा आवश्यक डाटा लिन कठिन हुन्छ। कतिपय अवस्थामा व्यक्तिगत सम्बन्धको आधारमा मात्र विवरण लिनुपर्ने बाध्यता छ,” उनले बताए।
आईजीपी कार्कीले नेपालमा स्पष्ट कानुनी व्यवस्था अभावका कारण सामाजिक सञ्जाल कम्पनीहरूसँग समन्वय गर्न कठिन भएको पनि उल्लेख गरे। उनले विशेषगरी महिला र युवाहरू बढी प्रभावित भएको भन्दै उनले फेक अकाउन्टमार्फत घृणा फैलाउने, साइबर बुलिङ, ह्यारेसमेन्ट तथा वित्तीय अपराधका उजुरी बढिरहेको बताए।
कार्कीले प्रभावकारी अनुसन्धानका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूको दर्ता र स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिएका छन्।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



