नक्कली सुकुम्बासीको जानकारी दिन प्रहरीको अनुरोध
काठमाडौं । नेपाल प्रहरीले नक्कली सुकुम्वासीबारे जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको छ।
सुकुम्बासीको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि नै व्यवस्थापन गर्न लागिएको भन्दै वास्तविक सुकुम्बासीलाई एकजुट हुन र नक्कली सुकुम्बासीको जानकारी दिन अनुरोध गरेको हो ।

प्रहरीले केही स्वार्थी तथा टाठाबाठा व्यक्तिले वास्तविक सुकुम्वासीको नाम र हकअधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेको भन्दै यसमा सचेत हुन आग्रह गरेको छ ।
वास्तविक सुकुम्वासी भूमिहिन पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्न अव्यवस्थित क्षेत्रमा नबस्न र व्यवस्थापन कार्यमा सहयोग गर्न प्रहरीले सक्कली सुकुम्बासीलाई अनुरोध गरेको छ।
![]() |
![]() |
![]() |
|---|




