ट्रम्पको डिनर कार्यक्रममा गोली चल्यो, सबै सकुशल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक औपचारिक डिनर कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि सुरक्षाकर्मीहरूले उनलाई तत्काल सुरक्षित स्थानमा सारेका छन्।

वासिङ्टन डिसीको वासिङ्टन हिल्टन होटलमा आयोजित कार्यक्रममा अचानक हलचल मच्चिएपछि उपस्थितहरूलाई टेबलमुनि लुक्न निर्देशन दिइएको थियो।
घटनाका क्रममा सिक्रेट सर्भिस एजेन्टहरूले तीव्र रूपमा प्रतिक्रिया जनाउँदै राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्पलाई तथा अन्य उच्च अधिकारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए।
![]() |
![]() |
![]() |
|---|
कार्यक्रममा सहभागी धेरैजसो व्यक्तिहरू डरका कारण टेबलमुनि लुकेका थिए भने केही क्षणका लागि हलमा पूर्ण सन्नाटा छाएको थियो।
घटनापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत आफू, उपराष्ट्रपति र मन्त्रिपरिषद्का सदस्यहरू पूर्ण रूपमा सुरक्षित रहेको जानकारी दिएका छन्। अमेरिकी सुरक्षा निकायहरूले घटनाबारे अनुसन्धान अघि बढाएको र एक संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको जनाइएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



