Close

Recent Posts

बीपी राजमार्ग पूर्ण रुपमा बन्द, खुल्न अझै केही दिन लाग्ने

बीपी राजमार्ग पूर्ण रुपमा बन्द, खुल्न अझै केही दिन लाग्ने
  • १३ बैशाख २०८३, आईतवार १०:४१

काठमाडौं । शनिवार आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । काभ्रेपलाञ्चोक खण्ड धेरै ठाउँमा अस्थयी डाइभर्सन बगाएकाले सडक खुल्न केही दिन लाग्ने प्रहरीले जनाएको छ । रोशी खोलामा ठुलो बाढी आएको कारण सम्भावित जोखिमलाई लिएर पुर्ण बन्द गर्नुपरेको समेत प्रहरीले जनाएको छ ।

mulpatra

जिल्ला प्रहरी कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलबार सडकखण्ड हिजो दिउँसो साढे ३ बजेदेखि बन्द गरेको थियो ।

जिल्ला प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ ।

mulpatra mulpatra mulpatra

यसैबीच राजमार्ग अबरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ।

गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो। उक्त सडक पूर्ण रुपमा बनिसक्न अझै केही बर्ष लाग्ने देखिएको छ ।