Close

Recent Posts

राश्वपाप्रति लिङ्देन टिप्पणी–चुचुरोमा बसिरहन असम्भव, तल हेर्नुपर्छ

राश्वपाप्रति लिङ्देन टिप्पणी–चुचुरोमा बसिरहन असम्भव, तल हेर्नुपर्छ
  • १३ बैशाख २०८३, आईतवार १०:५५

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनमा राप्रपाले गणित गुमाएको तर राजनीति नहारेको बताएका छन् ।

mulpatra

पार्टी केन्द्रीय सचिवालयले गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम अन्तर्गत तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले तुलनात्मक रुपमा केही सिट गुमाए पनि आफ्नो एजेण्डाको आवश्यकता देशले महशुस गरिरहेको बताए ।

‘हालैको निर्वाचनमा रास्वपाको क्रमिक सुधार भन्दा पनि चमत्कारिक परिणाम आयो, अर्कोपटक यो भन्दा राम्रो पोजिसन दिनुपर्छ भन्ने ठाऊँ नै नराखी परिणाम दियो, सगरमाथाको चुचुरोमा पुगेपछि त्यहाँ बसिरहन पनि सम्भव छैन, त्यहाँभन्दा माथि जाने ठाउँ पनि छैन, झर्नैपर्छ,’ अध्यक्ष लिङ्देनले भने ।

mulpatra mulpatra mulpatra

‘राप्रपा देशको भरपर्दो विकल्प बनेर खडा हुन सक्नुपर्छ,’ कार्यकर्तालाई ढाडस दिँदै उनले भने, ‘हामी बाहेक जनताको भरोसायोग्य दल अर्को हुनै सक्दैन तर हामी योजनाबद्ध ढंगबाट अघि बढ्नुपर्छ।’

अध्यक्ष लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको स्पष्ट पारे । राप्रपा सम्वद्र्धनवादी दर्शन बोकेको पार्टी हो, राजा र राजसंस्था कुनै पार्टीको नहुने र राजसंस्थाको पनि कुनै पार्टी नहुने भन्दै अध्यक्ष लिङ्देनले राजसंस्था कुनै पार्टी, संगठन र विचारभन्दा माथि रहेको बताए । राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरु राजसंस्थाको पक्षपाती नभएको बताए ।