आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै संसदीय दलको नेता चयनमा छलफल हुने
काठमाडौँ । नेपाली कांग्रेसलेको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठकमा कांग्रेसको संसदीय दलको नेता सहमतिको आधारमा चयन गर्ने बारे छलफल हुने जनाइएको छ ।

आज ११ बजे बस्ने गरि बैठक बोलाईएको छ । बैठक सम्पन्न भएपछि आजै दिउँसो १ बजे पार्टी संसदीय दलको कार्यालयमा सांसदहरूसँग थप छलफल हुने कार्यतालिका तय गरिएको छ ।
यस अघि नै संसदीय दलको नेता चयन गर्ने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अन्तिम नामावली समेत सार्वजनिक गरिएको थियो । तर अन्तिम अवस्थामा मतदात प्रक्रियालाई रोक्दै सहमतिमा दलको नेता चयन गर्ने भन्दै निर्वाचन प्रक्रिया रोकिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
नेपाली कांग्रेसमा प्रत्यक्षतर्फ जितेका १८ र समानुपातिक प्रणालीबाट सांसद भएका २० गरी ३८ सांसद छन् । काग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दावी गरिरहेका छन् ।
केसी र आङदेम्बे कांग्रेसका पूर्वसहमहामन्त्री भएका थिए भने आङ्देम्बे दोस्रो संविधानसभा निर्वाचनबाट सभासद् भएका थिए । १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य रहेका आचार्य विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य भएका छन् ।
संसदमा दोश्रो ठुलो दल भएका कारण सरकारमा प्रमुख प्रतिपक्षको भुमिकामा कांग्रेस रहन्छ । संवैधानिक परिषद लगायत विभिन्न स्थानमा प्रमुख प्रतिपक्षको नेता महत्वपूर्ण हुने हुँदा कांग्रेसमा नेता चयनमा सकस रहेको देखिन्छ । खास गरि पार्टी उपसभापति विश्व प्रकाश शर्माले आङ्देम्बे र पार्टी सभापति गगन थापाले केसीलाई दलको नेता चयन गर्न लागिरहेका छन् ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



