‘मलाई बोल्न दे सरकार’को फेटा बाँधे विद्यार्थी संगठनको बैठक
काठमाडौं– अनेरास्यवियुको सचिवालयको आइतबारको बैठकमा नेताहरूले टाउकोमा फेटा बाँधेका छन् । फेटामा ‘मलाई बोल्न दे सरकार’ लेखिएको छ ।

नेकपा (एमाले) निकट विद्यार्थी संगठनले वालेन्द्र शाह नेतृत्वको सरकारले गर्न खोजेको विद्यार्थी राजनीति प्रतिबन्धको विरोधमा कालो फेटा बाँधेको अध्यक्ष दीपक धामीले शिलापत्रलाई जानकारी दिए ।
सरकारले विश्वविद्यालयमा भएको विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाएको छ भने कुनै सुरक्षा जोखिम भएमा समाधान गर्न प्रहरी पोस्ट स्थापना पनि गर्ने बताइएको छ ।
![]() |
![]() |
![]() |
|---|
विद्यार्थी संगठन खारेजको विरोधमा संसदमा अनेरास्ववियुका पूर्वअध्यक्ष तथा अहिलेका बझाङका एमाले सांसद ऐन महरले पनि आवाज उठाएका थिए ।



