सहकारी चक्रीय कोषमा २५ करोड राखिने

सहकारी चक्रीय कोषमा २५ करोड राखिने
  • १३ बैशाख २०८३, आईतवार १९:०७

काठमाडौं– सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्न स्थापना भएको चक्रीय कोषमा २५ करोड रुपैयाँ मात्रै सरकारले राख्ने भएको छ ।

mulpatra

सरकारले चक्रीय कोष कार्यविधि स्वीकृत गर्दै चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेअनुसारको २५ करोड रुपैयाँ मात्रै दिने भएको हो ।

चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटमा सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी प्राप्त हुने रकम बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापनाका लागि बीउ पूँजीको व्यवस्था गरिएको थियो । सो अनुसार अर्थमन्त्रालयले २५ करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

mulpatra mulpatra mulpatra

हाल संघ, प्रदेश र स्थानीय तीनै तहबाट सहकारीको नियमन भइरहेको छ । सबै तहका सरकारले आआफ्नो कार्यक्षेत्रका सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने गरेका छन् । तर, सरकारले देशभर कार्यक्षेत्र भएका सहकारीलाई मात्रै लक्ष्यित गर्दै चक्रीय कोष स्थापनाको कार्यविधि बनाएको हो ।

देशभर कार्यक्षेत्र भएका २३ सहकारी संस्था समस्याग्रस्त घोषणा भएका छन्, ती संस्थाका करिब ६३ हजार बचतकर्ताले ३९ अर्ब ९३ करोड रुपैयाँ बचत फिर्ता मागेका छन् । सरकारले सो चक्रीय कोषमा शुरुमा ५ अर्ब रुपैयाँ राख्ने गरी कार्यविधिको तयारी भए पनि २५ करोड रुपैयाँ मात्रै राखेको हो ।

यही वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्ने कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि २०८३ स्वीकृत गरेको छ ।

Image Source: © https://mulpatra.com

सो कोषमा सरकारबाट प्राप्त रकम, अपचलन गर्ने व्यक्तिको सम्पत्ति लिलाम बिक्री तथा निजहरूबाट असुल भएको रकम, सम्बन्धित सहकारी संस्थाबाट सोधभर्ना फिर्ता रकम र अन्य स्रोतबाट प्राप्त रकम जम्मा हुने व्यवस्था कार्यविधिमा उल्लेख छ । कोषमा प्राप्त हुने रकम क वर्गको वाणिज्य बैंकमा छुट्टै खाता खोली जम्मा गर्नु पर्नेछ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com