मन्त्रीज्यू केरामा २ सय पो कमिशन बिचौलियाले खादा रछन्, तपाईलाई पनि भाग लाग्छ कि ?अभाव भएपनि पुरानै मुल्यमा केरा बेच्न बाध्य किसान
काठमाडौं– नेपाली बजारमा केराको हाहाकार देखिएको छ । बजारमा अभाव देखिएसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले केरालाई मूल्यसूचीमा समावेश गर्नै छाडेको छ ।

बजारमा केराको मूल्य आकाशिएका बेला नेपाल केरा उत्पादक महासंघले केराको मूल्य नबढाइ बजार पठाएको बताएका छन् ।
महासंघ तदर्थ समिति अध्यक्ष विष्णुहरि पन्तका अनुसार १५–१६ वर्षमा किसानले पाउने मूल्य प्रतिदर्जन ६ देखि ८ रुपैयाँले मात्र बढेको छ, तर बजारमा उपभोक्ता मूल्य भने आकाशिएको छ ।
![]() |
![]() |
![]() |
|---|
बजारमा बिचौलियाको राज चल्दा केरा उत्पादक किसान र उपभोक्ता दुवै ठगिएका छन् । किसानले प्रतिदर्जन ५० देखि ८५ रुपैयाँमा बेचेको केरा उपभोक्ताले खुद्रा बजारमा ४ सय रुपैयाँसम्म तिरेर किन्नु परेको गुनासो व्यापक बढेको भन्दै अध्यक्ष पन्तले सरकारसँग माग समेत गरेका छन् ।
आन्तरिक उत्पादन केराको निकै कमजोर भएको र अवैध केरा जनस्वास्थ्यका लागि पनि प्रतिकुल भएकाले नबेचिएकाले बजारमा केराको अभाव भएको व्यापारीहरूको दाबी छ ।
तर किसानबाट प्रतिदर्जन ५० देखि ८५ रुपैयाँमा ल्याएर ३ सय रुपैयाँ दर्जन बिक्री गरी बीचमा कमिशन भने विचौलिया खाएको प्रष्ट देखेपनि सरकारले अनुसन्धान नगरेको केरा उत्पादक संघ किसानको गुनासो छ ।
Image Source: © https://mulpatra.com
खासगरी भारतीय नाकाबाट अवैध रुपमा आउने गरेको केरा व्यवसायीहरूले नै नबेच्ने भन्दै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार भएको भनेर बजारमा हल्ला गरिएको छ । यसरी हल्ला गर्नेपनि बिचौलिया नै रहेको समेत किसानको आरोप छ ।
नेपालमा वार्षिक करिब ९ लाख टन केराको माग रहेकोमा हाल ७ लाख टन स्वदेशमै उत्पादन भइरहेको महासंघ अध्यक्ष पन्तको दाबी छ । अपुग २ लाख टनका कारण विशेषगरी वैशाख, जेठ र असारमा बजारमा केरा अभाव देखिने गरेको उनले जानकारी दिए ।
अहिलेको सिजनमा उत्पादन अलि कम हुन्छ, तर साउन लागेपछि नेपाली केराले नै बजारको शतप्रतिशत माग धान्छ, साउनदेखि पुससम्म हाम्रै उत्पादन पर्याप्त भएको उनको दाबी छ ।
अहिले देशभरि १५ हजार ७ सय हेक्टरमा केरा खेती भइरहेको छ । अब थप ६–७ हजार हेक्टरमा खेती विस्तार गर्न सके पूर्णरूपमा केरामा आत्मनिर्भर हुने महासंघल जानकारी दियो ।
महासंघले किसान र उपभोक्ता दुवै ठगिनबाट जोगाउन केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, कृषि बीमा प्रणाली सरल र प्रभावकारी बनाउन, गुणस्तरीय टिस्युकल्चर बिरुवा तथा रासायनिक मल सहज आपूर्ति व्यवस्था मिलाउन माग गदै आएको छ ।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति अभावका कारण भएको बताए ।
सरकारले करिब ८० प्रतिशत आत्मनिर्भरता दाबी गरिरहेको भए पनि वास्तविक उत्पादन ३० प्रतिशत हाराहारी मात्र रहेको नेपाल फलफूल थोक व्यवसायीको तथ्यांकमा छ ।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँका अनुसार हाल गुणस्तरीय केरा अभाव हुँदा केही स्थानमा ३ सयदेखि ३ सय ५० रुपैयाँसम्म तिरेर खरिद गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
नेपालको उत्पादन अत्यन्तै कम छ, अवैध रूपमा आएको केरा रोकेपछि बजार खाली भएर त्यसैले मूल्य बढेको उनले बताए । ‘राज्यले किसान र व्यवसायीलाई नङ्ग र मासुजस्तो बनाउनुपर्नेमा उल्टै फाटो ल्याएको देखियो । व्यवसायीका गुनासो सुन्न सरकार उदासीन रहेको भन्दै कृषि मन्त्रीले भेट पनि दिनन् ।’ उनले गुनासो गरे ।
सिमाना र कमजोर अनुगमनका कारण भारतीय केरा नेपाली उत्पादनको नाममा बजारमा प्रवेश भइरहेको र यसलाई अझ कडाइ नगरे केराको मुल्य अझै बढ्ने उनको दाबी छ ।
खासगरी भारतीय नाकाबाट अवैध रुपमा आउने गरेको केरा व्यवसायीहरूले नै नबेच्ने भन्दै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार भएको हो । यस विषयमा कृषि तथा पशुपंन्छी विकास मन्त्री गिता चौधरी भने मन्त्रालयको दुलोभित्र पसेर अध्ययन गरिरहेको दाबी गदै आएकी छिन् ।
आन्तरिक उत्पादन केराको निकै कमजोर भएको र अवैध केरा जनस्वास्थ्यका लागि पनि प्रतिकुल भएकाले नबेचिएकाले बजारमा केराको अभाव भएको विषयमा उनी अविज्ञ छिन । कि केरा बिचौलियासँग साँठगाँठ गरेर अध्ययनको वाहाना बनाएको हुनुक्ने केरा व्यवसायीकै आरोप छ ।
एक केरा व्यवसायीका अनुसार किसानबाट किनेको केरा २ सयभन्दा बढी नाफा राखेर व्यापारीले बिक्री गरिरहेका छन् । यस विषयमा हेलो सरकारमा समेत गुनासो गरेका थियौं । तर कृषि मन्त्रीले वास्ता नगरेको उनको गुनासो छ ।
कतिपय केरा बिचौलियाले भने हालकी मन्त्री चौधरीलाई समेत मुल्यबृद्धिको केही भाग पुग्ने गरेको आरोप समेत लगाउन थालेका छन् । उनले यस विषयमा केही प्रतिक्रिया दिएकी छैन ।
खुद्रा बजारमा केराको मूल्य प्रतिदर्जन तीन सय रुपियाँदेखि ३५० रुपियाँसम्म बिक्री भइरहेको छ । आमनेपाली उपभोक्ताले उपभोग गर्न सक्ने मूल्यमा पाइने केरा यस पटक सर्वसाधारण उपभोक्ताको हैसियतले नभ्याउने गरी मूल्यवृद्धि भएको हो भन्ने प्रश्नमा सरकारले बजारमा अध्ययन गरिरहेको मुल्यबृद्धि नियन्त्रणका लागि प्रयास भएको जवाफ कृषि मन्त्रालयकी प्रवक्ता डा.जानुका पण्डितले जानकारी दिइन् ।
हाल केराको माग कति छ । किन यसरी मुल्यबृद्धि भइरहेको छ भनेर सम्बन्धीत पक्षसँग छलफल र समस्या समाधान हुनेगरी काम भइरहेको उनको दाबी छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



